भाद्र १३
सुन तस्करी प्रकरणमा अनुशन्धानका लागि माओबादी केन्द्रका नेता कृष्णबहादुर महरा पुत्र राहुल पक्राउ परेका छन् ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सीआईबिले उनलाई नियन्त्रणमा लिई अनुशन्धान अघि बढाएको जनाएको छ ।
केन्द्रीय अनुशन्धान ब्युरोले महरा माओबादी केन्द्रका नेता पुत्र राहुललाई बिद्युतीय चुरोट अर्थात भेपमा लुकाएर सुन तस्करी गरिएको काण्डमा मुछिएको आशंकामा पक्राउ गरिएकोे एसपी नवराज अधिकारीले जनाए ।
सुन तस्करी प्रकरणमा जोडिएर बिबादमा परेका चिनियाँ ब्यापारी दावा र महरा पुत्र राहुल बिच सैयौं पटक टेलिफोनमा वार्तालाप हुनेगरेको सीआईबीले अनुशन्धानका क्रममा पत्ता लगाएको छ ।
सुन तस्करको बिवादित मुद्धामा मुछिएका चिनियाँ ब्यापारी दावासंग निकटको सम्बन्ध रहेको भन्दै सार्वजनिक रुपमै प्रष्ट हुँदा पनि उनिमाथी राजनितिक संरक्षणको भरमा कार्वाहि नभएको भन्दै सरकारको तिब्र बिरोध हुँदै आएको थियो ।