माघ १८
आज एकैदिन सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको छ । आज सुन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ कायम रहेको थियो ।
यस्तै आज चाँदीको भाउमा पनि बृद्धि आएको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेर एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
