श्रावण १
सेवाग्राहिसंग ४ लाख १२ हजार घुस माग्ने दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीलाई घुस रकम सहित अख्तियारले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियारको टोलीले आईतबार पक्राउ गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
ति दुई कर्मचारीले कृषि समूहको बुझाएको बिल पास गरि भुत्तानी गरेबापत कमिसन स्वरुप रु ४ लाख १२ हजार मागेको उजुरीका आधारमा अख्तियारको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले कैलालीको धनगढीबाट पक्राउ गरेको हो । उनिहरूको साथबाट ५० लाख ६० हजार रुपैयाँको चेकसमेत बरामद गरिएको प्रबक्ता घिमिरेको भनाई छ ।