सैनिक बिद्रोह पछि अफ्रिकी राष्ट्र ग्याबोनका राष्ट्रपति नजरबन्दमा - साझाकुरा
शनिबार, असार ३०, २०८१

सैनिक बिद्रोह पछि अफ्रिकी राष्ट्र ग्याबोनका राष्ट्रपति नजरबन्दमा


admin August 31, 2023

भाद्र १४, पश्चिम अफ्रिकी राष्ट्र ग्याबोनमा सेनाले सत्ता हातमा लिएपछि त्यहाँका राष्ट्रपति अली बोङोईलाई नजरबन्दमा राखिएको छ । मंगलबार राति सैन्य बिद्रोह मार्फत सेनाले शत्ता कब्जा गरेपछि राष्ट्रपति अली बोङोईलाई उनका परिवारका सदस्य सहित घरैमा नजरबन्दमा राखिएको त्यहाँका संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
उनका परिवारसंगै केहि चिकित्सक नजरबन्दमा परेका छन् भने राष्ट्रपति अली बोङोईका एक छोरालाई राज्यद्रोहको अभियोगमा पक्राउ गरिएको जनाइएको छ ।
पाँच दिन अघि सम्पन्न निर्वाचनमा राष्ट्रपति अली बोङोई ६४ प्रतिशत मत प्राप्त गरि तेश्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।
तर त्यहाँको सेनाले उक्त निर्वाचनको नतिजालाई लत्याउँदै राष्ट्रपति अली बोङोई सहित केहि नेताहरुलाई नजरबन्ध र धरपकड गरि अन्तर्राष्ट्रिय सीमा समेत बन्द गरेको छ । सत्ता कब्जामा लिएको सेनाले त्यहाँका सरकारका सबै अंगहरु समेत स्वत बिघटन भएको घोषणा गरेका छन् । सैन्य कु को समर्थनमा त्यहाँका हज्जारौं जनताहरु सडकमा निश्केको त्यहाँका संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

नजरबन्दमा परेका राष्ट्रपति अली सन् २००९ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए । सैनिक कु पछि त्यहाँ भएको धरपकट र मानव अधिकार उलंघनको घटनाप्रति फ्रान्स, चीन र रुसले उच्च चासो ब्यक्त गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *