स्थानीय संस्कृति संम्वर्धन र पर्यटन प्रवर्धनका लागि चिचिलामा अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन (पत्रकार सम्मेलनको भिडियो सहित) - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

स्थानीय संस्कृति संम्वर्धन र पर्यटन प्रवर्धनका लागि चिचिलामा अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन (पत्रकार सम्मेलनको भिडियो सहित)


admin October 11, 2023

यहि असोज २७ गते संखुवासभाको चिचिला गाउँपालिकामा अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन हुने भएको छ । भारत, अमेरिका र चिनियाँ प्रतिनीधिहरुको सहभागितामा सम्मेलन हुन लागेको पत्रकार सम्मेलन मार्फत चिचिला गाउँपालिकाले जानकारी दिएको हो ।

कार्यक्रम चिचिला गाउँपालिकाको आयोजना तथा मकालु साहित्य समाजको संयोजनमा हुन लागेको हो । चिचिला गाउँपालिकाको साँस्कृतिक तथा पर्यटनको प्रवर्धन गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गर्न लागिएको हो । कार्यक्रममा मुख्य गरि भारत आसामका आदिवासी समुदाय कार्वी कुर्फो आमेईको साँस्कृतिक टोलीको सहभागिता रहने गाउँपालिका अध्यक्ष पासाङ नुर्बू शेर्पाले जानकारी दिनुभयो ।

कार्यक्रममा चिचिला गाउँपालिका भित्रका जातजातिहरुको साँस्कृतिक झाँकी प्रदर्शन गरिनेछ भने जिल्लाका अन्य स्थानीय तहहरुबाट समेत झाँकी सहितको जनप्रतिनीधिहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा बताईएको छ ।

कार्यक्रममा लोपोन्मुख रहेको हाक्पारे, ठाडो भाका, बिनायो, मुर्चुङ्गा, पात बजाउने कलाहरु समेत प्रदर्शन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय उत्पादन तथा खाद्य पदार्थहरुको प्रदर्शनी पनि राखिने अधिकृत राईले बताउनुभयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *