स्वतन्त्रता दिवस मनाउने क्रममा अमेरिकाका विभिन्न ठाउँमा गोलीकाण्डमा परि ३३ को मृत्यु - साझाकुरा

स्वतन्त्रता दिवस मनाउने क्रममा अमेरिकाका विभिन्न ठाउँमा गोलीकाण्डमा परि ३३ को मृत्यु


editor@sajhakura July 6, 2024

तस्बिरःएजेन्सी
अमेरिकामा २ सय ४८ औँ स्वतन्त्रता दिवस मनाउने क्रममा भएका गोलाबारी र हिंसामा परि
३३ जनाको मृत्यु भएको छ । पछिल्लो तीन दिनमा गोलीबारी र अन्य प्रकारका हिंसाले देशभरि कम्तीमा ३३ जनाको ज्यान गएको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

अमेरिकाले अस्ति बिहिबार जुलाई ४ मा स्वतन्त्रता दिवस मनाएको थियो । हिजो बिहान शिकागोमा भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ । उक्त घटनामा ५५ जना घाइते भएका समाचार संस्था एपीले जनाएको छ । स्वतन्त्रता दिवस मनाइरहेको अमेरिकालाई गोलीकाण्डका घटनाले स्तब्ध बनाएको अमेरिकि संचार माध्यमहरुले जनाएका छन् ।
यस्तै हिजो बिहान क्यालिफोर्नियाको हन्टिङटन बीचमा आतिशबाजी कार्यक्रम समाप्त भएपछि भएको आक्रमणमा दुई जनाको ज्कमृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । यसैगरि बोस्टनमा भएको भागदौड र गोलाबारिमा एक जनाको मृत्यु भएको छ ।

अमेरिकामा विभिन्न समयमा भएका सुखद घटनाहरूमा समेत गोलीकाण्डका घटनाहरु हुँदै आएका छन् ।
। नयाँ बर्ष सन् २०२४ को पहिलो दिन भएको खुशीयालीको दिनमा भएको गोलीकाण्डमा १५ जनाकोले ज्यान गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *