हत्या अनुशन्धानका लागि कुकुर सहितको टोली मुगु हत्या स्थलमा - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

हत्या अनुशन्धानका लागि कुकुर सहितको टोली मुगु हत्या स्थलमा


admin October 28, 2023

तीन जना छोराछोरीसहित आमाको समेतको हत्या भएको स्थलगत अनुशन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली मुगुको घटनास्थलमा पुगेको छ । घटनाको शुक्ष्म अनुसन्धानका लागि प्रहरी तालिम केन्द्र नेपालगञ्जबाट कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको मुगुका प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

हिजो हत्या गरिएको अवस्थामा रहेका ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका छोरा रहर र आमा श्रीदेवी रहेका छन् । स्थानीय धर्मी बोहोराका अनुसार उनीहरु बुधवार बेलुका ४ बजेतिर माइतीघर कोटिलाबाट टीका लगाएर घर फर्किएका थिए ।
भएको उक्त नृशंस हत्याका बारेमा थप बास्तवीकता पत्ता लगाउन र अनुशन्धानमा सहजताका लागि मृतकहरुको शव उठाउने तयारी गरेको डीएसपी थापाले जनाए।
हत्या गर्नेले घरभित्र हत्या गरेर ढोकामा ताल्चा लगाएर भागेको पाइएको डीएसपी थापाले जनाए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्याराले धारिलो हतियार र ढुंगा प्रहरी गरी हत्या गरेको देखिन्छ । हत्याराको आशङ्का केहिलाई सादा पोसाकका प्रहरीले उच्च निगरानिमा राखेको डिएसपी डीएसपी थापाले बताए । श्रीदेवीका श्रीमान् दीपक बोहोरा भने वैदेशिक रोजगारीका लागि हाल कतारमा कार्यरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *