विराटनगरमा एक पुरुष मृत भेटिएका छन् ।
हिजो (आइतबार) राति २२ वर्षीय शिवशंकर दास मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार शिवशंकर शुक्रबार दिउँसो विराटनगर महानगरपालिका-४ मा हत्या गरिएको अवस्थामा भेटिएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको प्रेमी हुन् ।
नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिकाकुमारी आफू बसेकै कोठाको बाथरुममा मृत भेटिएकी थिइन् ।
नर्सको हत्या गरेको कोठा नजिकै रहेको होटल फाइनको कोठा नम्बर १०२ मा झुण्डिएको अवस्थामा शिवशंकर दासको शव भेटिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।
श्राेत: नारायणी अनलाईन