दाङ — एक पुरुषलाई हनी ट्रयापमा पारि १८ लाख असुलेको ठहर गर्दै जिल्ला अदालत दाङले तीन महिलालाई डेढ वर्षको कैद सजाय फैसला गरेको छ ।
घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षीया सीतादेवी थापा, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई दाङ घोराहीका एक कानुन व्यवसायीलाई होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दामा फसाउने धम्की दिँदै १८ लाख रुपैयाँ असुलेको आरोपमा जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले मंगलबार जनही डेढ वर्ष कैद र १०÷१० हजार जरिवाना गर्ने फैसला गरेको हो ।
उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला अदालत दाङले जनाएको छ ।