हमासकाे आक्रमणमा ज्यान गुमाएका नेपालीहरुकाे शाेकमा भाेलि राष्ट्रिय शाेक बिदा,मृतकका परिवारलाई जनहि १० लाख राहतकाे घाेषणा - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

हमासकाे आक्रमणमा ज्यान गुमाएका नेपालीहरुकाे शाेकमा भाेलि राष्ट्रिय शाेक बिदा,मृतकका परिवारलाई जनहि १० लाख राहतकाे घाेषणा


editor@sajhakura October 9, 2023

इजरायलमा हमासकाे आक्रमणमा परि मृत्यु भएका १० जना नेपालीकाे शोकमा सरकारले भोलि मङ्गलवार राष्ट्रिय शाेक बिदाकाे घाेषणा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि मङ्गलवार राष्ट्रिय शाेक बिदाकाे घोषणा गरेको हाे ।

आजकाे बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई नेपाल फर्काउने समेत निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिए ।

इजरायलमा गएकाे शनिवार बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा नेपालबाट ‘इन्टर्नसिप’ मा गएकामध्ये १० जना विद्यार्थीको मृत्यु भएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *