इजरायलमाथि हमासको आक्रमणपछि करिब १ दर्जन् घाईते हुनुका साथै करिब १२ नेपाली विद्यार्थी सम्पर्कविहीन छन् ।
इजरायल बस्ने सुनिता गिरीका अनुसार, सम्पर्कविहीन हुने नेपाली विद्यार्थीमा प्रविन डिसी, प्रवेश भण्डारी, पदम थापा, साजन फुलारा, लोकेन्द्र धामी,राजेश स्वर्णकार,आशीष चौधरी,नारायण न्यौपानेलगायतका नेपालिहरु रहेका छन् ।
१२ जना सम्पर्कमा नरहेकाे कुरा सरकारले नै पुष्टि गरिसकेकाे छ । सुरक्षित ठाउँमा जान सफल विद्यार्थीहरूले नै बाँकी साथीहरू हराएको खबर गरेका हुन् । गम्भीर घाइते दुई जनाको अस्पतालमा उपचार भइरहेको छ ।
हमासको बम आक्रमणमा परी घाइते भएका अन्य तीन जना अस्पतालमा उपचाररत छन्, तीमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेकाे बताइएकाे छ ।
अस्पतालमा उपचाररत रहेकाहरूमा धनबहादुर चौधरी, हिमाञ्चल कट्टेल र विधान सेजुवाल छन् । उपचाररत घाइतेमध्ये धनबहादुरकाे अवस्था सामान्य छ ।
उनीहरू किबुज अलुमिन कृषि फार्ममा काम गर्थे, जुन हमासले शासन गरिरहेकाे गाजापट्टीकाे सीमामा पर्छ ।
उक्त फार्मले उपलब्ध गराएकाे आवासमा १७ जना नेपाली विद्यार्थी थिए ।
सेदोत नेगेभमा पढ्ने उनीहरू सबै सुदूरपश्चिम प्रदेशका भएकाे बताइएकाे छ