हमासको आक्रमणमा परि इजरायलमा ज्यान गुमाएका १० जना नेपाली मध्ये थप एक जनाको शव आज नेपाल ल्याईएको छ ।
बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–६ ठेगाना रहेका गणेशकुमार नेपालीको शव आज बिहान फ्लाइ दुबईको विमानमार्फत् नेपाल ल्याईपुर्याईएको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताए ।
१० जना विद्यार्थीमध्ये अहिलेसम्म पाँच जनाको शव नेपाल ल्याइएको र बाँकी पाँच जनाको शव ल्याउन मृतकको नातेदारको डीएनए सङ्कलन गरी परिक्षणको क्रममा रहेकोले चाँडैनै बाँकि शव पनि नेपाल ल्याईने तैयारीमा रहेको आरणको भनाई छ । यसअघि दार्चुला मालिकार्जुन–४ का लोकेन्द्रसिंह धामी, दार्चुलाकै लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलालीकै बौनियाँ–३ का आशिष चौधरीको शर्व आफन्तले बुझि सदगद गरिसकेका छन् ।
गत असोज २० गते ईजरायलको गाँजा क्षेत्रमा हमास लडाकुको आक्रमणमा परि १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।
