हमासले १३ जना बन्धक नागरिकलाई रिहा गरेपछि बदलामा इजरायले पनि ३९ जना प्यालेस्टिनीलाई जेलमुक्त गरेको छ । इजरायली जेलमा राखिएका २४ जना महिला र १५ किशोरीलाई शुक्रबार राति रिहा गरेको थियो। उनीहरुलाई ढुङ्गा प्रहार गरि हत्या प्रयास र अन्य जघण्य अपराधका आरोप लगाई थुनामा राखिएको थियो ।
हमासले इजरायलसँगको युद्धविरामको पहिलो दिन शुक्रबार २४ जना बन्धकलाई रिहा गरेको छ । गाजाबाट रिहा हुनेमा १३ जना इजरायली र अरु थाइ नागरिक रहेका छन् ।
अन्तर्राष्ट्रिय रेडक्रसले जनाए अनुशार इजरायली महिला र बालबालिका तथा थाइल्यान्डका कामदारहरूलाई रिहा गरिएको छ । रिहा भएकाहरु अहिले रफाह सीमा नाका हुँदै इजिप्ट पुगेका बीबीसीले उल्लेख गरेको । कतारको मध्यस्थतामा अहिले प्यालेष्टीनि बिद्रोहि समुह हमास र ईजरायलबिचको युद्ध ४ दिनका लागि स्थगित गरिएको छ ।
कतारको मध्यस्थतामा भएको सम्झौता अनुशार इजरायल र हमासले अस्थायी युद्धविरामको अवधिमा ५० बन्धक र एक सय ५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने सम्झौता गरेको थियो । अक्टोबर ७ तारिखमा हमासले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने २ सय ४० जनालाई बन्धक बनाइएको थियो ।