संखुवासभा कार्तिक १०
संखुवासभाकाे सदरमुकाम खाँदबारीस्थित हिमालय किरण पव्लिक क्याक्पसकाे प्रथम सभाबाट ९ जना पदाधिकारीहरु निर्वाचित भएका छन् । आज सम्पन्न क्याम्पस सभाले निर्वाचित गरेकाहरुमा सुन्दरी खतिवडा, कल्पना मगर ,दुर्गादेवि चापागाई, खड्ग बहादुर चापागाई, सुर्यबहादुर तामाङ, दुर्गा बहादुर विष्ट, शेर बहादुर बन, ऋतुबर्ण काफ्ले र उदय कुमार पुलामी निर्वाचित भएका छन् ।
बाँकी १० सदसिय पदेन सदस्य सहित जम्मा १९ जनाकाे समिति रहने बिधानत प्रावधान रहेकाे छ । । निर्वाचित सदस्यहरुकाे प्रथम बैठकबाट अध्यक्षकाे टुङ्गाे लाग्ने जनाईएकाे छ।