संखुवासभा माघ ९
संखुवासभाको खाँदबारी स्थीत श्री हिमालय माध्यमिक बिद्यालयले ७५ औं स्थापना दिवस तथा हिरक महोत्सवको उपलक्ष्यमा बिबिध कार्यक्रमहरुको आयोजना गर्दैआएको छ ।
पुर्व बिद्यार्थीहरुलाई सम्मान, बिभिन्न बिधाका खेलकुद, साँस्कृतिक नृत्य लगायतका प्रतिश्पर्धात्मक कृयाकलाप र श्रृजनात्मक हस्तकला प्रदर्शनिको कार्यक्रम समेत आयोजना गरिएको छ । माघ ५ गते देखि सप्ताहब्यापी रुपमा बिबिध कार्यक्रमका साथ मनाईएको हिरक महोत्सवको समापन कार्यक्रममा सिंचाई तथा जलश्रोत मन्त्री दीपक खड्कालाई प्रमुख अतिथीका रुपमा निमन्त्रणा गरिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर पराजुलीले जानकारी दिनुभयो ।
हिमालय माध्यमिक बिद्यालयका पुर्व बिद्यार्थीहरु अहिले नेपाल सरकारका उच्च पदस्थ प्रसासकका रुपमा समेत रहेका छन् भने सैयौंको संख्यामा पुर्व बिद्यार्थीहरु निजामति सेवा र युरोपियन देशहरुमा पुगेर प्रगतिउन्मुख रहेका छन् ।
७५ औं स्थापना दिवसर तथा हिरक महोत्सवको अवसरमा संकलित रकमबाट बिद्यालयको शैक्षिक र भौतिक संरचना निर्माण गरिने लक्ष राखिएको हिमालय माध्यमिक बिद्यालयका प्रधानअध्यापक बिर बहादुर राईले जानकारी दिनुभयो ।
जिल्लाको पुरानो र धेरै दक्ष जनशक्ति उत्पादन गर्न सफल यस बिद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि र भौतिक पुर्वाधार निर्माणको कार्यमा हिरक महोत्सवले ठुलो सहयोग पुग्ने बिद्यालयका प्रधान अध्यापक राईको भनाई छ ।