धनकुटाको हिले बजारमा सडकपेटी ढाकेर राखिएका सामग्रीहरु धनकुटा नगरपालिकाले जफत गरेको छ । सडक पेटि ढाक्नेगरि राखिएका सामग्रीले आवत जावतमा समस्या गर्ने र कुनैपनि समयमा दुर्घटना निम्त्याउने भएकाले नगरप्रहरी परिचालन गरि त्यस्ता सामग्रीहरु जफत गरिएको नगरपालिकाले जनाएको छ ।
तोङ्बा चोकदेखि सिरान बजारसम्मको क्षेत्रमा जथाभावी राखिएका निर्माण सामग्री लत्ता कपडा, सागसब्जी लगायतका तरकारी, सडक पेटिमा राखिएका पानी ट्याङ्की, म्याट, डसना, होडिङ बोर्ड लगायत सामग्रीहरु जफत गरिएको नगर प्रहरी प्रमुख रभी खत्रीले बताए । सडकपेटी मिचेर राखिएका सामान हटाउन पटक पटक सार्वजनिक सुचना जारी गर्दासमेत अटेर गरिएपछि बजार व्यवस्थापन समिति र वडा कार्यालयले उक्त सामग्रीहरु नियन्त्रणमा लिन पहल थालिएको धनकुटा
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले जानकारी दिए ।
व्यवस्थित बनाउनु सबैको दायित्व भएको नगरप्रमुख तामाङ्गको भनाई छ ।
उनले हिले बजारबाट नियन्त्रणमा लिएको सामान धनकुटा नगरपालिकाले जरिबाना तिराएर फिर्ता दिने जानकारी दिँदै सरसफाइ एवम् सहरी सडक व्यवस्थापन कार्यविधिमा जरिबाना तिराएर सम्वन्धीत धनीलाई सामान फिर्ता दिन सक्ने वा सामान बिक्री वा लिलाम गरी नगरपालिकाको कोषमा सम्पति बाँध्ने प्रावधान छ । तीन दिनभित्र सम्बन्धित व्यक्ति सामान बुझ्न आए जरिबाना लिएर फिर्ता गरिने र नआए सामान बिक्रीरलिलाम गरिने नगरपालिकाले जनाएको छ ।