असोज २७ गते मनाङ्ग एयरकाे हेलिकप्टर दुर्घटना हुँदा शरिरकाे ५० प्रतिशत भाग जलेर गंभिर घाईते मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधनभएको छ।
उनले उढाएकाे हेलिकोप्टर गत शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो।
दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पतालमा उपचार हुन नसकेपछि भारतकाे मुम्बई लगिएको थियो।
नेसनल बर्न सेन्टर, मुम्बईमा उपचारका क्रममा रहेका उनको मंगलबार निधन भएको मनाङ एयरले विज्ञप्ति प्रकाशित गरि जनाएकाे छ।