हेल्पिङ हेण्ड्सद्वारा निशुल्क स्वास्थ्य शिवीर संचालन - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

हेल्पिङ हेण्ड्सद्वारा निशुल्क स्वास्थ्य शिवीर संचालन


editor@sajhakura February 3, 2025

संखुवासभा माघ २१
हेल्पीङ्ग हेण्ड्स नेपालको मुख्य सहयोग, मनकामना अस्पताल तुम्लिंङ्टारको सहकार्य तथा लोहोरुङ्ग राई समाजको आयोजनामा मा संखुवासभाको खाँदबारी ४ पाङ्ममा निशुल्क स्वास्थ्य शिवीरको आयोजना गरिएको छ ।
हेल्पीङ्ग हेण्ड्सका अन्तराष्ट्रिय अध्यक्ष नारायण श्रेष्ठ तथा वहाँकी धर्मपत्नी श्रेष्ठको उपस्थीतिमा स्वास्थ्य शिवीरको आयोजना गरिएको हो ।
शिवीरमा नेपाली काँग्रेसका पुर्व सभापति दीपन कुमार श्रेष्ठ, खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य लगायत संचारकर्मीहरुको उपस्थीति रहेको थियो ।
उक्त शिवीरमा आँखा परिक्षण, जेनरल फिजिसिशन, दन्त सेवा, ईसिजी सेवा, आङ खस्ने समस्या, निशुल्क चश्मा तथा औषधी समेत बितरण गरिएको थियो ।
आज पाङ्मा स्वास्थ्य चौकीमा भएको निशुल्क स्वास्थ्य शिवीरमा दुई सय बढि बिभिन्न रोगबाट पिडित भएका बिरामीहरुको स्वास्थ्य परिक्षण, औषधी बितरण तथा उपचार गरिएको निशुल्क स्वास्थ्य शिवीरमा खटिएका चिकित्सक टोलिका प्रमुख डाक्टर ले जानकारी दिनुभयो ।
निशुल्क स्वास्थ्य शिवीरले यस क्षेत्रमा स्वास्थ्य समस्या ब्यहोरिरहेका एक सय ५० बढि महिला र ६० जना पुरुषलाई निशुल्क उपचार र परामर्श सेवा प्रदान गरिएको हेल्पीङ्ग हेण्ड्स नेपालका अन्तराष्ट्रिय अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
संखुवासभाको अधिकांस पालिकाका धेरै वडाहरुमा समेत निशुल्क स्वास्थ्य शिवीर संचालन गर्दैआएको जानकारी दिँदै संखुवासभामा मात्रै नभएर आफुले हेल्पीङ्ग हेण्ड्स र अन्य साँझेदार संस्थाहरुसंगको सहकार्यमा नेपालका बिभिन्न दुर्गम जिल्लाहरुमा एक हजार बढि निशुल्क शिवीरहरु संचालन गरिसकेको जानकारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *