११ महिनामा वाणिज्य बैंकहरुको नाफा झण्डै साढे ५६ अर्ब अुसार २९ - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

११ महिनामा वाणिज्य बैंकहरुको नाफा झण्डै साढे ५६ अर्ब अुसार २९


editor@sajhakura July 13, 2024

चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुको नाफा झण्डै साढे ५६ अर्ब रुपैयाँ पुगेकाे छ । २० वटा वाणिज्य बैंकहरुले यो ११ महिनामा कुल ५६ अर्ब ४८ करोड ४ लाख रुपैयाँ नाफा कमाएकाे हाे।
सबैभन्दा बढी नबिल बैंकले ६ अर्ब ३६ करोड ८४ लाख रुपैयाँ नाफा गरेकाे छ । ग्लोबल आइएमई बैंकले ५ अर्ब ९ करोड ३ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकले ४ अर्ब ३८ करोड १३ लाख , प्राइम बैंकले ३ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ र एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ नाफा गरेका छन् ।

चालु आर्थिक वर्षको जेठसम्म सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल बैंक रहेको छ । यो बैंकले ११ महिनामा १ अर्ब ७ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको नेपाल राष्ट्र बैकले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *