मंसिर ६,
तस्बिरः एजेन्सी
खानामा बिष हालेर १४ जनाको हत्या गर्ने थाइल्याण्डकी एक महिलालाई मृत्यु दण्डको फैसला सुनाईएको अन्तराष्ट्रिय संचाल माध्यमहरुले जनाएका छन् ।
आफ्ना एक धनाड्य साथीलाई पेय पदार्थमा विष मिसाएर खुवाई हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । अनुशन्धानको क्रममा ३६ वर्षकी सुन्दरी सररत रङ्गसिवुथापोनले अन्य १३ जनाको पनि हत्या गरेको पुष्टि भएपछि उनलाई मृत्युदण्डको सजाय सुनाईएको जनाईएको छ ।
अनुशन्धानको शुरुआतमा आफ्ना साथीको प्राकृतिक कारणले नै ज्यान गएको बयान दिएपनि पछि थप अनुशन्धानका क्रममा उक्त अपराध पुष्टि भएको त्यहाँको प्रहरीले जनाएको छ ।
अनुसन्धान अघि बढाउँदै जाँदा अन्तत ति थाई महिलाले सन् २०१५ देखि यता १३ जनाको हत्या गरेको खुलासा भएको स्वीकार गरेकी थिईन् ।
प्रहरीका अनुसार सररतलाई जुवा र क्यासिनोको कुलत थियो र धनाड्य साथीसंग सम्बन्ध बढाई पैसा लिने र तिर्नुपर्ने साथीहरुलाई लक्षित गरि हत्या श्रृंखलाको योजना बनाउने गरेको प्रहरीको भनाई छ ।