भाेजपुरकाे उत्तरी दिङ्ला र संखुवासभाको तुम्लिङटार जाेड्ने अरुण नदिमा पर्ने सतिघाटकाे फेरि संचालनमा आएको छ । गत चैत १६ गते दिउसोबाट लठ्ठा घुमाउने पुुल्लीमा समस्या देखिए पछि फेरि बन्द भएको थियाे । लठ्ठा घुमाउने पुल्लि खिएर जानुका साथै त्यसले लठ्ठाका तारमा समेत समस्या देखिए पछि तत्काल फेरि बन्द गरिएको थियाे ।
षडानन्द नगरपालिकाकाे सम्पुर्ण टिम र काठमाडौंबाट आएको प्राविधिक टाेलिकाे अथक प्रयासपछि बैशाख ६ गतेबाट फेरि पुन संचालनमा आएको षडानन्द नगरपालिकाका कार्यकारी अधिकृत माेहन चापागाईंले बताए । फेरि मर्मत पछि उत्तरी क्षेत्रबाट चल्ने लामाे तथा छाेटाे दुरिका सवारीसाधन दिउँसोबाट संचालनमा आएका छन् ।
नदिमा पानीको वहाव षडान्नद नगरपालिका तर्फ माेडिएकाले सतिघाटतर्फ बालुवा धेरै थुप्रिएकाे छ । उक्त बालुवा स्काभेटल लगाएर नहटाउँदा सम्म ठुला मालवाहक सवारीसाधन ओसारपसारमा भने केही कठिनाइ हुने र त्यसकाे पनि तत्काल समाधान निकाल्न ठेकदारलाइ निर्देशन भइसकेको कार्यकारी अधिकृत चापागाईंले बताए ।
चापागाईंले भने, “अहिले तत्काल काम चलाउने हिसावले फेरि बनेकाे छ । आवश्यक निर्माणका सामानहरु आइरहेकाले आवश्यकता अनुसार मर्मत गर्दै लैजाने छाैं ।”
१६ गते यता भाेजपुरकाे उत्तरी क्षेत्रका विकास निर्माणका काम पुर्ण रुपमा अवरुद्ध भएका छन् । निर्माण सामग्री बाेकेर आएका मालवाहक सवारीसाधन मनकामना र भाेजपुर तर्फ सतिघाटमा अड्किएका छन् । लम्छुवा घाटमा माेटरेवल पुल नबन्ने निश्चित भएपछि भाेजपुरकाे उत्तरी क्षेत्रका जनताको सहजताका लागि तीन वर्ष अगाडि सतिघाटमा फेरि संचालनमा ल्याइएको थियाे । यश फेरि हुँदै दैनिक सयकाे संख्यामा यातायात आवतजावत गर्छन् ।