२० वटा सहकारीका कागजात झिकाउने संसदीय छानबिन विशेष समितिको निर्णय - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

२० वटा सहकारीका कागजात झिकाउने संसदीय छानबिन विशेष समितिको निर्णय


editor@sajhakura July 1, 2024

१७ असार,

मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट संखुवासभा जिल्ला सहित ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले विशेष बुलेटिन जारी गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको हाे ।
सरकारले समस्याग्रस्त घोषणा गरेका २० वटा सहकारीको कागजात झिकाउने संसदीय छानबिन विशेष समितिले निर्णय गरेको छ । समस्याग्रस्त सहकारीका कागजात सहकारी व्यवस्थापन समितिका तर्फबाट प्राप्त भए पनि अरू विवरण, जानकारी र तथ्य आवश्यक पर्ने भएकाले कागजात झिकाउने निर्णय गरेको समितिले जनाएको छ ।

समितिको हिजोको बैठकमा २०४७ सालमा सहकारी अध्ययन गर्न गठित कार्यदलका संयोजक राधाकृष्ण मैनाली, २०६१/०६२ मा सहकारी अधययनका लागि गठित कार्यदलका संयोजक युवराज खतिवडा र २०७० सालमा समस्याग्रस्त सहकारीको सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगका संयोजक गौरीबहादुर कार्कीसँग छलफल भएको थियो ।  श्राेत: उज्यालाे अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *