२१ औं बर्ष प्रवेशका अवसरमा खाँदबारी युथक्लवद्वारा अन्तरक्रिया तथा शुभकामना कार्यक्रम - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

२१ औं बर्ष प्रवेशका अवसरमा खाँदबारी युथक्लवद्वारा अन्तरक्रिया तथा शुभकामना कार्यक्रम


editor@sajhakura November 23, 2024

मंशिर ८
संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको खाँदबारी युथ क्लवले आफ्नो स्थापनाको २१ औं बर्ष प्रवेशको अवसरमा चियापान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । खाँदबारी एफएमको भवनमा कार्यालय रहेको युथ क्लवले २० बर्ष पुरा गर्ने क्रममा आएका आरोह अवरोहको बारेमा जानकारी दिएको थियो ।

क्लवका कार्यबाहक अध्यक्ष मुनहाङ्ग गुरुङ्गको सभापतित्वमा भएको कार्यक्रममा क्लवका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार दिलिप कुमार श्रेष्ठ, रोषण श्रेष्ठ कृष्णराज शाक्य, प्रवीण श्रेष्ठ पुर्व अध्यक्षहरु निरन्जन श्रेष्ठ, अनुपयुस शाक्य र अन्य शुभचिन्तकहरुको उपस्थीति रहेको थियो ।
२१ औं बर्ष प्रवेशका अवसरमा क्लवका सल्लाककार रुद्रमणी श्रेष्ठले क्लवले गर्दैआएको बिगतको कार्य प्रशंसनिय रहेको भन्दै आगामी दिनमा थप कार्यक्षेत्र बढाउन आवश्यक भएकोमा जोड दिएका थिए । पुर्व महासचिव दिपेन्द्र शाक्यले सामाजिक कार्यमा क्लवसंग हातेमालो गर्नका लागि सामाजिक संघसंस्थाहरुलाई आग्रह गर्नूभएको थियो ।

अन्तरक्रिया तथा शुभकामना कार्यक्रममा क्लवका पुर्व अध्यक्ष अनुपयुश शाक्यले क्लवलाई आजको स्थीति सम्म ल्याईपुर्याउनका लागि सहयोग गर्ने सबैप्रति धन्यबाद प्रकट गरेका थिए । क्लवका महासचिव सुरेन शाक्यले संचालन गरेको कार्यक्रममा समापन तथा धन्यबाद मन्तब्य राख्नुहुँदै क्लवका कार्यबाहक अध्यक्ष मुनहाङ्ग गुरुङ्गले क्लवलाई सक्रिय रुपमा सामाजिक सेवामा समर्पित गर्नका लागि सहयोग गर्ने क्लवका पदाधिकारी, कार्यसमिति सदस्य र शुभचिन्तकहरुलाई धन्यबाद प्रकट गर्दै निरन्तर सहयोग गर्न आग्रह गर्नूभएको थियो ।

संखुवासभाको खाँदबारीमा २०६१ सालमा स्थापीत खाँदबारी युथ क्लवले खाँदबारीमा सिसि टिभि जडान्, बिभिन्न सामाजिक तथा साँस्कृतिक कार्यक्रम, खेलकुद, बिकृति बिसंगति न्युनिकरण, बजारको सरसफाई र सौन्दर्यीकरण लगायत बिभिन्न जनचेतनामुलक सामाजिक कार्य नियमित रुपले गर्दैआएको छ ।
तसवीरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *