२६ लाखसहित कर अधिकृत पक्राउ - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

२६ लाखसहित कर अधिकृत पक्राउ


admin September 11, 2023

बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको २६ लाखसहित एक अधिकृत पक्राउ परेका छन् ।

दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटालाई आज नेपालगञ्ज बिमानस्थलबाट प्रहरिले पक्राउ गरेको हो । उनको साथबाट श्रोत नखुलेको २६ लाख रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत दिपक पौडल भने फरार भएको डिएसपी डाँगिको भनाई छ । उनको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ ।
श्रोत नखुलेको २६ लाख रकम झोलामा बोकेर सापकोटा श्री एयरलाइन्सको हवाईजहाज मार्फत नेपालगञ्जबाट काठमाडौँ उड्ने क्रममा थिए ।

हाल उनलाई जिल्ला प्रहरी कार्यालय दाङमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रवक्ता तथा डिएसपी डाँगीले संचारकर्मीलाई जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *