३ करोड १५ लाख रुपैयाँको स्रोत नखुलेपछि इन्जिनिरविरुद्ध भ्रष्टाचार मुद्दा दायर - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

३ करोड १५ लाख रुपैयाँको स्रोत नखुलेपछि इन्जिनिरविरुद्ध भ्रष्टाचार मुद्दा दायर


admin October 4, 2023

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ ।

इन्जिनियर रानाभाटले ३४ वर्ष सरकारी सेवामा रहँदा कमाएको तीन करोड १५ लाख ८१ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति देखिएको अख्तियारको दाबी छ । अख्तियारले विशेष अदालतमा दर्ता गरेको मुद्दामा उनले महानिर्देशकको रूपमा सरकारी पदमा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको उल्लेख छ ।

रानाभाट २०४६ असार ३० देखि २०७९ कात्तिक ६ गतेसम्म सार्वजनिक सेवामा रहेका थिए । सार्वजनिक सेवामा रहँदा उनले गरेको कुल व्ययसँग तुलना गर्दा आयभन्दा तीन करोड १५ लाख ८१ हजार रुपैयाँ स्रोत पुष्टि हुन नसकेको देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *