नेपाल सरकारले करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने तैयारी गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घोष गरेका छन्।
शनिबार शहीद प्रतिष्ठान नेपालले काठमाडौंमा आयोजना गरेको एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनयुद्धको क्रममा सरकारले
सहित घोषणा गर्न छुटाएका करिब ३ हजारलाई सरकारले सहित घोषणा गर्न लागेको बताए । उनले उक्त प्रस्ताव मन्त्रीपरिषद्बाट निर्णय भएर राजपत्रका प्रकाशित गर्ने काम अन्तिम चरणमा पुगेको खुलासा गरे ।
उनले आफु प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका शहीदहरु कोहि नछुटोस भनेर बिषेस ध्यान पुर्याईरहेको समेत खुलाए ।
प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धमा बेपत्ता भएकाहरुको ऐतिहाँसिक त्याग तपश्या र बलिदानीलाई कदर गर्न सरकारले ३ हजार बढिलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका थिए ।