६० औं राष्ट्रिय बाल दिवसको अवसरमा बतृत्वकला प्रतियाेगिता - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

६० औं राष्ट्रिय बाल दिवसको अवसरमा बतृत्वकला प्रतियाेगिता


editor@sajhakura September 15, 2024

संखुवासभाकाे खाँदबारीमा ६० औं राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा बाल क्लबहरु बिच ” बालमैत्री स्थानीय शासनमा बालबालिकाको भुमिका” बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे छ ।
माट्स नेपालको आयोजना तथा खाँदबारी नगरपालिकाको प्रायोजनमा आयाेजित कार्यक्रम संस्थाका अध्यक्ष नवीन दाहालको सभापतित्व तथा खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे ।

खाँदबारी नगरपालिका भित्रका नाैं वटा बाल क्लबको सहभागिता रहेको उक्त प्रतियोगितामा हिमालय बाल क्ल्ब खाँदबारी १ का सौजन कट्टेल प्रथम, आदर्श विद्यामन्दिर बाल क्लब पाठकगाउँका रिकेश कार्की द्वितीय र आदर्श बाल क्लब पिप्लेका सीता तामाङ तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।
प्रथम,द्वितीय र तृतीयलाई क्रमशः तीन हजार , दुई हजार पाँच सय र दुई हजार र प्रमाणपत्रले पुरस्कृत गरिएको थियोे ।
सोही कार्यक्रममा खाँदबारीका युवा व्यावसायी राजमणी भण्डारीले बाल हेल्पलाइन सेवा १०९८ संखुवासभालाई आपतकालीन उद्वार तथा राहतमा सहयोग पुगोस भनी बालबालिकाको लागी लत्ताकपडा हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रमको मिडिया पार्टनरका रुपमा खाँदबारी एफएम र हेर्ने चित्र युटुब च्यानल रहेका थिए । सदस्य सुरेन शाक्यले संचालन गरेकाे कार्यक्रममा संस्थाका कार्यालय सचीव तथा बालहेल्पलाइन प्रमुख सुजन अधिकारीले कार्यक्रमकाे औचित्यताबारे प्रष्ट्याएका थिए ।

श्राेत: खाँदबारी एफएम

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *