जिल्ला प्रशासन कार्यालय संखुवासभाको आयोजना तथा सिलिचोङ गाउँपालिकाको सहजिकरणमा संखुवासभाको शिलिचोङका सेवाग्राहीलाई राष्ट्रिय परिचय पत्रका लागि बैयक्तिक तथा जैविक बिवरण संकलन गर्न घुम्ति शिवीर संचालन हुने भएको छ ।
आज संचारकर्मी संगको भेटघाटमा प्रमुख जिल्ला अधिकारी दिब्यराज पोख्रेलले राष्ट्रिय परिचय पत्रका लागि बैयक्तिक बिवरण संकलनका लागि शिवीर संचालन गर्न टोलि त्यसतर्फ खटाईएको जानकारी दिए ।
शिवीरमा बनिसकेका राष्ट्रिय परिचय पत्र सहज रुपमा बितरण गरिने र हालसम्म पनि परिचय पत्र नबनाएका लक्षित सेवाग्राहीलाई परिचय पत्र बनाउनका लागि घरगाउँमै पुगेर आवश्यक विवरण संकलन गरिने प्रजिअ पोख्रेलले बताए । यसबाट अपांङगता भएका, जेष्ठ नागरिक तथा बृद्धबृद्धा र असक्त नागरिक लाभान्वीत हुने अपेक्षा राखिएको छ ।
शिवीर शिलिचोङ वडा नं. २, ३ र ५ मा संचालन हुने जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ।