संखुवासभा फागुन १२
खेलकुदको बिकास संगसंगै संस्कृतिको संरक्षण भन्ने नाराका साथ संखुवासभाको खाँदबारीमा संचालित तिन दिने जिल्ला स्तरिय आर्चरी प्रतियोगिताको उपाधी ज्यवस्यारी ङाप्ताकले हात पारेको छ । आईतबार सम्पन्न फाईनल खेलमा ४९५० अंकका साथ ङाप्ताक छिघुलुङले रु एक लाख पाँच हजार पाँच सय ९९ राशिको प्रथम पुरस्कार हात पारेको हो ।
यसैगरि किमाथांका समाज ४६९० अंक प्राप्त गर्दै दोश्रो र पिबु समुह ४५६० अंकका साथ तृतिय स्थान ओगट्न सफल भएको थियो दितिय र तृतिय हुने टिमले क्रमस ५५ हजार नौं सय ९९ र ३५ हजार नौ सय उनान्सय मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए भने भोटखोला आर्चरी संघ २४२० अंकका साथ सान्त्वना स्थान प्राप्त गर्न सफल भएको थियो जसले २० हजार नौं सय ९९ रुपैयाँ प्राप्त गर्याे ।
शेर्पा समुदायको ग्याल्बो लोसारको अवसरमा आयोजना गरिएको ९ टीमको सहभागिता रहेको तेश्रो जिल्लास्तरिय आर्चरी प्रतियोगिताको ब्यक्तिगत बिधातर्फ पिबुका बिकास भोटे १४७० अंकका साथ भ्यान आफ द म्याच घोषित भए ।
त्यसैगरि ज्यवस्यारी ङाप्ताक छिघुलुङका छिरिङ भोटे ११३० अंकका साथ उत्कृष्ट खेलाडी घोषित भएका थिए। धेरैका लागि नयाँ लाग्ने आर्चरी प्रतियोगिता संखुवासभाको भोटखोला, सोलुखुम्बु, काँस्की, मनाङ्ग, मुस्ताङ्गमा बिषेस रुपमा खेलिने गरिँदै आएको छ ।
बाँण अर्थात तारो हान्ने यो आर्चरी प्रतियोगितालाई बिषेस गरि शेर्पा आफ्नो समुदायले ब्यक्तिगत ईज्जत, सामाजिक प्रतिष्ठा र आगामी बर्षको लक्ष र भाग्य परिक्षणको रुपमा समेत लिने गरेको संखुवासभा आर्चरी संघका अध्यक्ष पासाङ भोटेले जानकारी दिए ।