भाद्र १३, ड्रोन आक्रमणबाट रुसको उत्तर पश्चिमी सहर पिस्कोभमा रहेको विमानस्थलमा ठुलो क्षति पुगेको छ ।
आक्रमणबाट दुईवटा सैन्य बिमान क्षतिग्रस्त हुनका साथै ठुलो आगलागि समेत भएको रुसी सञ्चार माध्यमलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
उक्त आक्रमणमा युक्रेनको हात रहेको रुसले आशंंका गरेको छ ।तर युक्रेनले भने यस घटनामा आफ्नो संलग्नतको बारेमा कुनै प्रतिकृया दिएको छैन ।
रुसमा पछिल्लो समय भैरहेको बिस्फोटक आक्रमण र ड्रोन हमलामा युक्रेनकै हात रहेको भन्दै बिरोध जनाएको छ ।
आक्रमण पछि मस्कोमा शुरक्षा ब्यवस्थामा कडाई गरिनुका साथै भानकोबो बिमानस्थल माथिको उडानलाई पुर्णत रुपमा रोक लगाएको बिबिसिले जनाएको छ ।