शुक्रबार भएको विमेन्स ट्ववान्टी–२० विश्वकप छनोटको खेलमा नेपाली महिला राष्ट्रिय टिमले बहराइनलाई १० विकेटले पराजित गर्दै बिजय हात पारेको छ ।
मलेसियामा शुक्रबार भएको खेलमा बहराइनले दिएको ३२ रनको लक्ष्यलाई नेपालले १७ बलमै पुरा गरेको थियो । प्रतियोगितामा कविता कुँवरले १४ बलमा १७ रन बनाइन् र तीन चौका प्रहार गरेकि थिईन भने सीता रानागमरले दुई रन बनाइन् । नेपालले २।५ ओभरमा विना कुनै विकेटको क्षतिमा जित हाँसिल गरेको हो ।
खेलमा नेपालले १३ अतिरक्त रन पाएको थियो । यसअघिको खेलमा टस जितेर ब्याटिङ गरेको बहराइन १५।४ ओभरमा ३१ रन जोड्दै अल आउट भएको थियो ।
त्यसमा रसनगिका हेराथले दोहोरो अंक छुने एक मात्र ब्याटर बन्दै ११ रन जोडेकि थिईन् । खेलमा इन्दु बर्माले ३ विकेट र खुसी डंगोलले २ विकेट लिइन् भने भने कविता कुँवर, रुबिना क्षेत्र र पूजा महत्तोले एकरएक विकेट लिए । यसअघि बिहीबार भएको खेलमा पनि नेपालले मलेसियालाई ५ रनले हराउँदै बिजय हाँसिल गरेको थियो ।