सुडानमा हवाई आक्रमणमा परि २० को मृत्यु - साझाकुरा

सुडानमा हवाई आक्रमणमा परि २० को मृत्यु


admin September 4, 2023

सुडानको दक्षिणी क्षेत्रमा हवाई आक्रमणमा परी दुई बालबालिकासहित कम्तीमा २० जनाको मृत्यु भएको सुडानी अधिकारकर्मीहरुले बताएका छन् ।
स्वयंसेवक समूहका अनुसार बम विस्फोटका कारण शवहरू छरिएको र जलेर टुक्रा–टुक्रा भएका कारण मृतकको पहिचानमा समस्या भएको त्यहाँका शुरक्षा प्रशासनले जनाएको छ । अप्रिल १५ मा सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज आरएसएफ बीच युद्ध सुरुभए यता त्यहाँ करिब ५ हजार बढिको मृत्यु भइसकेको जनाईएको छ ।

सेनाले नियमित हवाई आक्रमण गरिरहेको छ भने आरएसएफ लडाकुहरूले राजधानीका सडकमा कब्जा जमाएका छन् ।
सुडानका ४ करोड ८० लाख जनसंख्यामध्ये आधाभन्दा बढीलाई मानवीय सहायता र सुरक्षाको खाँचो रहेको संयुक्त राष्ट्रसंघले आँकलन गरेको छ भने करिव ६० लाख व्यक्ति भोकमरीको चपेटामा परेको राष्ट्रसंघ तथ्यांक संकलन गरेको बताईन्छ ।

युद्धका कारण करिब ३८ लाख व्यक्ति आन्तरिक रूपमा विस्थापित भएका छन् भने १० लाख बढि सुडानि नागरिक सीमा पार गरेर छिमेकी मुलुकतर्फ प्रवेश गरेको त्यहाँका संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
‘इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन’ का अनुसार विस्थापितमध्ये खार्तुमका २८ लाख प्रभावितहरु बसेको बताईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *