कोशी प्रदेशमा यो वर्ष मात्रै डेंगीबाट १७ जनाको मृत्यु, ३० हजार ३ सय ३० बढी संक्रमित - साझाकुरा

कोशी प्रदेशमा यो वर्ष मात्रै डेंगीबाट १७ जनाको मृत्यु, ३० हजार ३ सय ३० बढी संक्रमित


admin September 28, 2023

कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा डेङ्गु सङ्क्रमणबाट १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् ।

तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार ४ सय ३२ जना सङ्क्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।

कोशी प्रदेशका १४ जिल्लाभरी डेङ्गु फैलिएको छ । निर्देशनालयका अनुसार मोरङमा ४ हजार २ सय ४२ जना सङ्क्रमित छन् भने एक जनाको मृत्यु भएको छ ।

झापामा २ हजार ९ सय ६४ जना सङ्क्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको भएको छ । यस्तै, उदयपुरमा पनि १ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *