एमालेको कर्णाली प्रदेश अध्यक्षमा ओलीको समर्थन मीनबहादुर शाहीलाई - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

एमालेको कर्णाली प्रदेश अध्यक्षमा ओलीको समर्थन मीनबहादुर शाहीलाई


admin September 28, 2023

नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षका लागि मीनबहादुर शाही र गुलाबजंग शाहबीच प्रतिष्पर्धा हुने देखिएको छ।

कालीकोटका शाही र सल्यानका शाहले अध्यक्ष पदका लागि मनोनयन दर्ता गर्ने तयारी गरेका छन्। मनोनयन दर्ता शुक्रबार हुनेछ।

सामुदायिक रेडियोका अभियन्ता, कर्णाली विकासको अध्येता र योजना आयोगका सदस्य रहिसकेका शाही एमालेको प्रदेश कमिटी सदस्य हुन भने शाह एमालेका पोलिटब्युरो सदस्य हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार अधिवेशन उद्घाटन गरेका थिए। बिहीबार प्रदेशको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम रहेको छ।बुधबार उद्घाटन सत्रपछि अध्यक्ष ओलीले शाहीलाई कर्णाली प्रदेशको अध्यक्ष बनाउनुपर्ने भन्दै उनकै नाममा सर्वसम्मति गर्न निर्देशन दिएका थिए।

तर स्थायी कमिटी सदस्य यमलाल कँडेलले प्रदेशको निर्णय प्रदेशले नै गर्ने भन्दै गुलाबजंग शाहलाई उम्मेदवार बनाउने बताएपछि सर्वसम्मत अध्यक्ष चुनिने सम्भावना लगभग टरेको स्रोतको भनाइ छ। कँडेल यसअघि एमालेको कर्णाली प्रदेश ईन्चार्ज थिए।

पछिल्लो जिम्मेवारी हेरफेरमा पार्टीले उनलाई दैलेख ईन्चार्ज बनाएको थियो।अहिले कर्णालीको ईन्चार्ज लेखराज भट्ट छन्। कँडेल पार्टीमा लामो समय ओलीकै प्यानलमा रहेता पनि पछिल्लो समय आफूलाई अध्यक्षले उपेक्षा गरिरहेको बताउँदै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *