संञ्चार बिधेयक ल्याउने अन्तिम तैयारीमा कोशी प्रदेस सरकार - साझाकुरा
सोमवार, असार ३२, २०८१

संञ्चार बिधेयक ल्याउने अन्तिम तैयारीमा कोशी प्रदेस सरकार


editor@sajhakura December 28, 2023

कोशी प्रदेश सरकार सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०८०’ प्रदेशसभामा पेस गर्ने अन्तिम तैयारीमा जुटेको छ।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरिसकेको कोशी प्रदेसका आन्तरिक मामिला तथा कानुन मन्त्री शम्शेर राईले जनाए ।
उनले मन्त्रिपरिषद्को बैठकले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालन कार्यविधि २०८० पनि स्वीकृत गरेको छ। बुधबारको बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आंगिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्नका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने सहित प्रदेश सरकारको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन प्रदेश सभामा पेश गर्ने समेत निर्णय गरेको मन्त्री राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *