माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको कार्यक्रम हेर्न आएकाहरुको भिडमा च्यापिएर १६ जना घाईते भएका छन् ।
काठमाडौंको टुँडिखेलमा हिजो आयोजना गरिएको साँस्कृतिक कार्यक्रम हेर्न आएका को भिडमा च्यापिएर १६ जना घाईते भएको र अहिले उनिहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलले बताए । उनका अनुशार भब्य साँस्कृतिक कार्यक्रम भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरु धेरै हुँदा टुँडिखेलको गेटमा जाम बढेकाले भिडमा चेपिएर उनिहरु घाईते भएका थिए ।