त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न समिति गठन - साझाकुरा
शुक्रबार, फाल्गुन २, २०८१

त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न समिति गठन


editor@sajhakura June 1, 2024

त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न समिति गठन
सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को नाममा काठमाण्डौभित्र रहेका जग्गाको खोजी गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले त्रिविको जग्गा, भवन लगायत अचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिलाई लगत सङ्कलन, संरक्षण, उपभोग, व्यवस्थापन र आवश्यक अरु कामका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेस गर्न भनिएको छ । समितिमा पूर्व सहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीवल्लभ अधिकारी सदस्य छन् भने प्रा.डा. प्रेमसागर थापा विज्ञ सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सदस्य सचिव छन् । समितिले तीन महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ । 
याे समचार उज्यालाे अनलाईनमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *