आठौं प्रधानमन्त्री कप एनभीए लिगको पुरुष तर्फको उपाधि हेल्प नेपालले जित्यो - साझाकुरा
सोमवार, असार ३२, २०८१

आठौं प्रधानमन्त्री कप एनभीए लिगको पुरुष तर्फको उपाधि हेल्प नेपालले जित्यो


editor@sajhakura June 8, 2024

जेष्ठ २६
आठौं प्रधानमन्त्री कप एनभीए लिगको पुरुष तर्फको उपाधि हेल्प नेपालले जितेको छ ।
फाइनल खेलमा गण्डकी प्रदेशलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन टिपटप हेल्प नेपालले उपाधी रक्षा गरेको हो ।
हेल्प नेपालले २५–२२, २५–२०, २०–२५ र २५–२० गरी चौथो सेटमा खेल जितेको हो । जितसँगै हेल्प नेपालले सातौं प्रधानमन्त्री कपको उपाधी रक्षा गरेको छ ।
गण्डकी प्रदेश भने उपाविजेतामा नै सीमित बनेको छ । लिग चरणमा अपराजित हुँदै आएको गण्डकीले फाइनलमा भने हार बेहोरेको हो ।
महिलातर्फ भने नेपाल पुलिस क्लबले उपाधि जितेको छ । पुलिसले लिगमा अपराजित हुँदै फाइनल आएको एभरेष्ट भलिबल क्लब बुटवललाई ३–२ ले पराजित गरेको हो । पुरुष तर्फ ८ टिम र महिला तर्फ ६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
श्राेत:अनलाईन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *