उद्धारको काम सकिएपछि त्रिभुवन विमानस्थल संचालनमा - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

उद्धारको काम सकिएपछि त्रिभुवन विमानस्थल संचालनमा


editor@sajhakura July 24, 2024

साउन ९,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । आज बिहान सौर्य एअरलाइन्सको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो ।

उद्धारका क्रममा एक घण्टा बन्द भएको विमानस्थल अहिले नियमित सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

बिहान ११ बजेर ११ मिनेटमा सौर्यको  एन–एएमई जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको ज्यान गएको छ । घाइते अवस्थामा उद्धार गरिएका क्याप्टेनको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

तसवीर रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *