भारतमा फैलिँदै प्राणघातक चाँदीपुरा भाइरस - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

भारतमा फैलिँदै प्राणघातक चाँदीपुरा भाइरस


editor@sajhakura July 26, 2024

श्रावण ११
भारतको गुजरात राज्यमा चाँदीपुरा भाइरसबाट ४४ जनाको मृत्यु भएको छ भने हालसम्म ५ दर्जन बढिको उपचार भैरहेको जनाईएको छ ।

गुजरातका स्वास्थ्य मन्त्रालयले त्यहाँ हालसम्म १२४ जनामा चाँदीपुरा भाइरस प्रमाणीत भएको छ ति मध्ये अधिकांश ग्रामिण भेगमाफेला परिसकेको छ। ग्रामिण भेगमा देखिएको उक्त भाइरस पछिल्लो समय गुजरातको हमदावाद, वडोदरा, राजकोट, सुरत लगायतका जनाधार रहेका ठूला सहरहरूमा पनि यो भाईरस संक्रमण फैलँदै गएको गुजरात सरकारले जनाएको छ ।

गुजरात बाहेक राजस्थानमा पनि चाँदीपुरा भाइरसको सङ्क्रमण देखिएको छ । राजस्थानमा हालसम्म ६ जनामा चाँदीपुरा भाइरसको सङ्क्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ। अन्य ५ जनाको उपचार भइरहेको छ। त्यस्तै मध्यप्रदेश र महाराष्ट्रमा पनि चान्दीपुरा भाइरस पुष्टि भएको छ।

चान्दीपुरा भाइरस आरएनए भाइरस हो। यो सबैभन्दा धेरै पोथी प्लेबोटोमाइन प्रजातिको झिङ्गाबाट फैलिन्छ। एडीज एजिप्टी लामखुट्टे पनि यसका लागि कारक रहेको मानिन्छ।

यो भाइरस सङ्क्रमितहरुमा उच्च ज्वरो र, फ्लू जस्ता अन्य लक्षणहरू समेत देखा पर्ने गर्छ । जसमा बेहोश हुने, कमजोरी हुने जस्ता लक्षण पनि पाईएको छ ।
सङ्क्रमित लामखुट्टेमा वा किरा फट्याङ्ग्राले टोकेपछि सर्ने भाइरसले शरीरमा प्रवेश गरेपछि व्यक्तिको स्नायु प्रणालीमा नराम्रो असर पुग्छ र संक्रमितको मस्तिष्कको तन्तुहरू सुन्निने समस्या पाईएको छ ।
चाँदीपुरा भाइरसको सङ्क्रमण भएको २४ देखि ४८ घन्टा भित्र बिरामीको मृत्यु हुने कित्सकहरुले औंल्याएका छन् । उनिहरुका अनुसार यो भाईरसले बालबालिकामा मृत्यु गराउने दर ८५ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *