बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा मोहम्मद युनुस नियुक्त - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा मोहम्मद युनुस नियुक्त


editor@sajhakura August 7, 2024

श्रावण २३
तस्बिरः एजेन्सी
बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुस नियुक्त भएका छन् । राष्ट्रपतिका सञ्चार सचिवले नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुसलाई बङ्गलादेशको अन्तरिम सरकार प्रमुख बनाएको जनाएका हुन् ।

त्यहाँको राष्ट्रपति, सेना र विद्यार्थीबीचको संयुक्त बैठकपछि यो निर्णय गरिएको जनाईएको छ। मोहम्मद युनुसले यो कठिन समयमा आफूलाई नेतृत्व गर्न विद्यार्थीले गरेको आग्रहलाई ईन्कार गर्न नसकेको भन्दै हिजो नेतृत्वमा आउन सहमति जनाइ सकेका थिए । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना देस छाडेर भागेपछि त्यहाँका सेना प्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्दै अन्तरिम सरकार गठनको
घोषणा गरेका थिए ।
बङ्गलादेशको अन्तरिम सरकार प्रमुख युनुस अहिले उपचारका क्रममा फ्रान्स पुग्नुभएको छ । सरकार प्रमुखमा नियुक्त भएपछि अहिले उनि स्वदेश फर्किने तयारीमा रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएको छ । अहिले अन्तरिम सरकारको प्रमुखमा नियुक्त युनुस बङ्गलादेशका सामाजिक उद्यमी, बैंकर, अर्थशास्त्री र समाजसेवामा समेत सक्रिय छन् ।
उनलाई गरिबी उन्मूलनका लागि योगदान गरेकोमा सन् २००६ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । युनुसले सन् १९८३ मा गरिबहरूलाई स–साना ऋण उपलब्ध गराउने ग्रामीण बैंक स्थापना गरि ठूलो सङ्ख्यामा मानिसहरूको जीवनस्तर उकास्न सहयोग गरेका थिए ।
उनि पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी ब्यक्तिका रुपमा समेत परिचित थिए । उनलाई हसिनाको सरकारले गएको जनवरीमा श्रम कानुन उल्लङ्घन गरेको आरोपमा ६ महिनाको जेल सजाय समेत सुनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *