माछा खाएर बिरामी भएका एकै परिवारका ३ बालबालिकाको मृत्यु - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

माछा खाएर बिरामी भएका एकै परिवारका ३ बालबालिकाको मृत्यु


editor@sajhakura August 13, 2024

श्रावण २९

बारा जिल्लामा माछा खाएर बिरामी भएका एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ ।
सिम्रौनगढ नगरपालिका ७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नरेश रामका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन राम रहेका छन् । उनिहरुको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
डिएसपी सापकोटाका अनुसार उनिहरुले आइतबार घर नजिककैको पोखरीबाट ल्याइएको माछा र भात खाएर सुतेका थिए । केहि बेर पछि उनिहरुलाई पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या देखिएपछि सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचारको लागि भर्ना गरिएकोमा त्यहाँ उपचार संभव नभएपछि थप उपचारका लागि त्यहाँबाट प्रादेशिक अस्पताल कलैया लगिएको थियो ।

उपचारको लागि लैजाँदै गर्दा नौं बर्षिया लालिमाको बाटोमै र सात बर्षिया पुष्पा र पाँच बर्षका कृष्णनन्दको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी सापकोटाले बताए ।
तीनै जनाको शवको हिजो सोमबार नै कलैया अस्पतालमा पोस्टमार्टम गरी परिवारजनलाई बुझाईएको प्रहरीले जनाएको छ ।

माछा विषाक्त भएका कारण उनीहरू बिरामी परेको प्रहरीको आशंका छ । घटना विषयमा थप अनुसन्धान अघि बढाईएको डिएसपी सापकोटाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *