मंसिर ८,
सडक फोहोर गरेको भन्दै महानगरद्वारा एमालेलाई एक लाख जरिमाना ताेकेकाे छ । दरबारमार्गमा एमालेले हिजो जागरण सभाका आयाेजना गर्दा सडक पेटिमा जथाभावी फाेहाेर गरेकाे भन्दै जरिवाना पत्र काटेकाे हाे ।
महानगरले पठाएको पत्रमा फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाण्डौ महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम एक लाख रुपैयाँ जरिमाना तिर्न आग्रह गरिएको उल्लेख छ ।