admin, Author at साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

Author: admin

भुकम्पमा परि ज्यान गुमाउनेको संख्या ८० पुग्यो १ सय ४० बढि घाइते उद्धारको कार्य जारी
मुख्य समाचार

भुकम्पमा परि ज्यान गुमाउनेको संख्या ८० पुग्यो १ सय ४० बढि घाइते उद्धारको कार्य जारी

हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा ज्यान गुमाउनेको संख्याा ८० पुगेको छ । उक्त भुकम्पमा परि करिब १ सय ४० जना घाइते भएका छन् । रुकुम, जाजरकोट र सुर्खेतका अस्पतालहरुमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाकाले जानकारी दिए । अहिलेसम्म भुकम्पका कारण ज्यान गुमाउनेको संख्या जाजरकोटमा ४४ पुगेको छ । ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना रहेको रोकाले बताए । उनले भुकम्पमा परि जाजरकोटमा मात्रै ५५ जना घाईते भएका छन् । हराउने र उद्धारको कार्य जारी रहेकाले यो संख्या उल्लेख्य रुपमा बढ्न सक्ने डिएसपी रोकाको भनाई छ । उक्त भुकम्पले जाजरकोटको छिमेकी जिल्ला रुकुम पश्चिममा पनि ठुलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । भुकम्पबाट अहिले बिहान ७.३० सम्म रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको ...
कैद मिनाहाको निर्णय खारेजीसंगै पक्राउ परे रिगल
राजनीति, समाचार

कैद मिनाहाको निर्णय खारेजीसंगै पक्राउ परे रिगल

मन्त्रीपरिषदको शिफारिसका आधारमा राष्ट्रपतिद्धारा कैद मिनाहा गरि रिहा गरिएका रिगल भनिने योगप्रसाद ढकाललाई पुन पक्राउ गरिएको छ । उनी बाँकेको नेपालगञ्जेबाट अहिले साँझ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाँकेले पुष्टि गरेको छ । आजै सर्बाेच्चले फैसला सुनाउँदै उनलाई तत्काल पक्राउको आदेश दिएको थियो । आदेश आएको केहीबेरमै रिगललाई नेपालगञ्ज सेतु विक चोकबाट नियन्त्रणमा लिई पक्राउ गरेको बाँकेका प्रहरी नायब उपरीक्षक ९डीएसपी० नारायण डाँगीले जानकारी दिए । केहि संचारमाध्यमले रिगलले आफैं प्रहरी समक्ष आत्मसमर्पण गरेको भनिएपनि सर्वोच्चको आजको आदेशपछि उनि मोबाइल अफ गरेर भारत तर्फ भाग्ने तयारीमा रहेका प्रहरीको भनाई छ । तर प्रहरीको उच्च निगरानीका कारण उनि भाग्न नपाएको प्रहरीले जनाएको छ । रिगल सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी को घोषणा पछि रिहा भएका थिए । उनि २०७२ असार २...
हमास बिरुद्धको युद्ध नरोक्ने इजरायलको अडान
अन्तर्राष्ट्रिय, समाचार

हमास बिरुद्धको युद्ध नरोक्ने इजरायलको अडान

ईजरायलले हमास बिरुद्ध शुरु गरेको आक्रमण रोक्न अश्विकार गरेको छ । संयुक्त राष्ट्रसङ्घले युद्धविराम सम्बन्धी प्रस्ताव अनुमोदन गर्नुकासाथै विश्वका धेरै देशहरुले युद्धविरामको आह्वान गरेपनि ईजरायलले उक्त युद्धबिरामको प्रस्ताव अश्विकार गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री नेतान्याहुले हमास विरुद्ध दोस्रो चरणको युद्ध शुरु भएको घोषणा लगत्तै इजरायली सेना स्थलमार्गबाट गाजाको मध्य क्षेत्रमा पुगेको जनाईएको छ । इजरायलको आक्रमणबाट गाजामा अहिलेसम्म करिव १० हजारको मृत्यु भएको बताईएको छ । गाजामा ज्यान गुमाउनेमध्ये करिव ४ हजार बालबालिका रहेका छन् । इजरायतर्फ पनि एक हजार चार सय बढिको मानवीय क्षति भएको बताईन्छ । ईजरायलको आक्रमणको निशानामा स्वास्थ्यसंस्थाहरु समेत परेको भन्दै बिश्व स्वास्थ्य संगठनले बिरोध जनाएको छ । अहिले गाँजा क्षेत्रमा ईजरायलको सर्च एण्ड डिस्ट्रोए अभियान जारी रहे...
ओखलढुङ्गामा आगलागिमा परि एक जनाको मृत्यु
समाचार

ओखलढुङ्गामा आगलागिमा परि एक जनाको मृत्यु

ओखलढुङ्गा जिल्लामा हिजो साँझ भएको आगलागिमा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आगो निभाउन खटिएकी मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ७ हर्कपुर ठेगाना भएकी ३९ वर्षीया कमला दाहाल गौतमको मृत्यु भएको ओखलढुङ्गा प्रहरीले जनाएको छ । आगलागिमा परि कमलाकी देउरानी २७ वर्षीया जानुका गौतम शख्त घाइते भएकी छिन् । हाल उनको उदयपुरमा रहेको जनसेवा हेल्थ केयर घुर्मीमा उपचार भइरहेको छ । सोमबार साँझ ५ः३० तिर भएको आगलागि पेट्रोलियम पदार्थको प्रयोग गरि आगोबाल्ने क्रममा भएको प्रहरीले प्रारंम्भिक अनुमान लगाएको छ । घटनाको सम्बन्धमा थप अनुशन्धान अघि बढाईएको प्रहरीको भनाई छ ।...
एसिसी यू–१९ प्रिमियर कपको उपाधि नेपालले जित्यो
खेलकुद

एसिसी यू–१९ प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी यू–१९ प्रिमियर कपको उपाधि नेपालले जित्यो मलेसिया आज भएको एसिसी यू–१९ प्रिमियर कपको उपाधि नेपालले हात पारेको छ। आजको खेलमा नेपालले यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले हराउँदै उपाधी हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको यूएईले ११ ओभरमा दुई विकेट गुमाउँदै ५० रन बनाउँदा भिषण बर्षाद भएपछि खेल स्थगित गरिएको थियो । वर्षा रोकिएपछि डकवर्थ लेविस नियमका आधारमा यूएईले २७ ओभरमा एक सय ९८ रनको लक्ष्य प्राप्त गरेको तर, यूएई २६ दशमलव पाँच ओभर एक सय ७८ रन बनाउँदा अलआउट हुनपुग्यो । नेपालका लागि देव खनालले सर्वाधिक एक सय रनको महत्वपूर्ण योगदान दिए। उनले ९२ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरेका थिए। नेपाललाई जित दिलाउन उत्तम थापा मगरले ५७ रन, अर्जुन कुमालले ५५ रन जोडे। अर्जुन र देवले तेस्र...
हत्या अनुशन्धानका लागि कुकुर सहितको टोली मुगु हत्या स्थलमा
अपराध, मुख्य समाचार

हत्या अनुशन्धानका लागि कुकुर सहितको टोली मुगु हत्या स्थलमा

तीन जना छोराछोरीसहित आमाको समेतको हत्या भएको स्थलगत अनुशन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली मुगुको घटनास्थलमा पुगेको छ । घटनाको शुक्ष्म अनुसन्धानका लागि प्रहरी तालिम केन्द्र नेपालगञ्जबाट कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको मुगुका प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र थापाले जानकारी दिए । हिजो हत्या गरिएको अवस्थामा रहेका ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका छोरा रहर र आमा श्रीदेवी रहेका छन् । स्थानीय धर्मी बोहोराका अनुसार उनीहरु बुधवार बेलुका ४ बजेतिर माइतीघर कोटिलाबाट टीका लगाएर घर फर्किएका थिए । भएको उक्त नृशंस हत्याका बारेमा थप बास्तवीकता पत्ता लगाउन र अनुशन्धानमा सहजताका लागि मृतकहरुको शव उठाउने तयारी गरेको डीएसपी थापाले जनाए। हत्या गर्नेले घरभित्र हत्या गरेर ढोकामा ताल्चा लगाएर भागेको पाइएको डीएसपी थापाले जनाए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्यारा...
इजरायलको आक्रमणमा परि आफ्ना ५० बन्धक मारिएको हमासको दावी
अन्तर्राष्ट्रिय

इजरायलको आक्रमणमा परि आफ्ना ५० बन्धक मारिएको हमासको दावी

गत ७ अक्टुबरमा इजरायलमाथि आक्रमण गर्दै २ सयभन्दा बढी मानिसलाई गाँजापट्टिबाट बन्धक बनाई नियन्त्रणमा लिईएको ५० जनाको ईजरायली आक्रमणका कारण मृत्यु भएको हमासले जनाएको छ । गाँजाबाट आफुहरुले बन्धक बनाई लगेका मध्ये ५० जनाको ईजरायलले गरेको हवाई आक्रमणमा परि मृत्यु भएको हमासको दावी छ । इजरायलीको पछिल्लो बिज्ञप्ती अनुशार अझैपनि २२४ जना बन्धक हमासको नियन्त्रणमा रहेको बताईएको छ । युद्धग्रस्त गाजामा हालसम्म युद्धका कारण ७ हजारभन्दा बढीको मृत्यु भएको छ, जसमा ३ हजार बढी बालबालिकाहरुको मृत्युभएको छ भने इजरायलतर्फ पनि २ हजारभन्दा बढीको मानवीय क्षति भएको बिबिसीले उल्लेख गरेको छ ।...
ल्युईष्टन सहरमा गोलाबारी हुँदा १६ को मृत्यु
अन्तर्राष्ट्रिय, अपराध

ल्युईष्टन सहरमा गोलाबारी हुँदा १६ को मृत्यु

अमेरिकास्थीत ल्युइस्टन सहरमा गोलाबारी मा परि १६ जनाको मृत्यु भएको छ भने ५० बढि घाईते भएका छन् । गोलाबारी पछि पनि बन्धुकधारीहरु शहरका बिभिन्न स्थानमा घुमिरहेकाले शुरक्षित अवस्थामा रहन र सडक बाहिर नहिँड्न स्थानीय नागरिकहरुलाई प्रहरीले अनुरोध गरेको छ । गोलाबारि किन गरियो र कसले गर्याे भन्नेबारेमा थप अनुशन्धान अघि बढाई बन्धुकधारीहरुलाई नियन्त्रणमा लिने कार्य भैरहेकाले प्रहरीलाई सहयोग गर्न नागरिक समक्ष प्रहरी प्रशासनले अपिल समेत गरिरहेको बिबिसीले उल्लेख गरेको छ ।...
हमासको आक्रमणमा ज्यान गुमाउने एक नेपालीको शव ल्याईयो
समाचार

हमासको आक्रमणमा ज्यान गुमाउने एक नेपालीको शव ल्याईयो

हमासको आक्रमणमा परि इजरायलमा ज्यान गुमाएका १० जना नेपाली मध्ये थप एक जनाको शव आज नेपाल ल्याईएको छ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–६ ठेगाना रहेका गणेशकुमार नेपालीको शव आज बिहान फ्लाइ दुबईको विमानमार्फत् नेपाल ल्याईपुर्याईएको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताए । १० जना विद्यार्थीमध्ये अहिलेसम्म पाँच जनाको शव नेपाल ल्याइएको र बाँकी पाँच जनाको शव ल्याउन मृतकको नातेदारको डीएनए सङ्कलन गरी परिक्षणको क्रममा रहेकोले चाँडैनै बाँकि शव पनि नेपाल ल्याईने तैयारीमा रहेको आरणको भनाई छ । यसअघि दार्चुला मालिकार्जुन–४ का लोकेन्द्रसिंह धामी, दार्चुलाकै लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलालीकै बौनियाँ–३ का आशिष चौधरीको शर्व आफन्तले बुझि सदगद गरिसकेका छन् । गत असोज २० गते ईजरायलको गाँजा क्षेत्रमा हमास लडाकुको आक्रमणमा परि १० जना नेपाली विद्यार्थीले ज्या...
टिकाको उत्तम साईत भोलि मङ्गलबार बिहान ११:०२ मिनेटमा
समाचार, समाज

टिकाको उत्तम साईत भोलि मङ्गलबार बिहान ११:०२ मिनेटमा

टिकाको उत्तम साईत मंगलबार बिहान ११.०२ बजे रहेको नेपाल प.ञ्चाङ्ग निर्धारण समितिले जनाएको छ । उत्तम साईत मंगलबार बिहान ११.०२ मा रहेपनि दिनभर र कोजाग्रत पुर्णिमाको दिनसम्म मान्यजनको हातबाट टिका ग्रहण गर्न सकिने शास्त्रीय नियम रहि आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।