इजरायलमाथि इरानले गरेको आक्रमणको सर्बत्र विरोध
असोज १६
ईरानले इजरायलमाथि गरेको मिसाइल आक्रमणको विश्वका नेताहरूले बिरोध जनाएका छन् उनिहरुले ईरान र ईजरायल दुवै पक्षलाई संयमता अपनाउन समेत आग्रह गरेका छन् ।
दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा भएको इजरायली हवाई आक्रमणको बदलामा अप्रिलमा भएको मिसाइल र ड्रोन आक्रमणपछि इरानले इजरायलमाथि प्रत्यक्ष आक्रमण गरेको यो दोस्रो पटक हो।
मिसाइलको आक्रमण पछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ‘मध्यपूर्वमा बढ्दो द्वन्द्वप्रति चिन्ता ब्यक्त गर्दै आक्रमणको घटना निन्दनिय भएको प्रतिकृया दिएका छन् ।
गाजामा प्यालेस्टिनी हमास लडाकुसँगको युद्धसगैँ हिजबुल्लाहसँगको इजरायलको द्वन्द्वको आलोचना गर्दै गुटेरेसले पूर्ण रूपमा युद्धविरामको आवश्यकता रहेको धारणा राखेका छन् ।
यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनालाई इरानी आक्रमण विरुद्ध इजरायली रक्षा पक्षको रक्षाका लागि इजरायलप्रति लक्षित...