संखुवासभाका स्थानीय तहको प्रतिवद्धताः सञ्चार नीति जतिसक्दो चाँडो लागु हुन्छ
संखुवासभा जेष्ठ ७
संखुवासभाका सबै स्थानीय तहहरुमा जतिसक्दो चाँडो सञ्चार नीति लागु हुने भएको छ । जिल्लाका जनप्रतिनिधिहरूले सञ्चार नीति बनाउन प्रतिबद्धता जनाएका छन् ।
बुधबार सदरमुकाम खाँदबारीमा पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लाका १० वटै स्थानीय तहका प्रतिनिधिहरूको तर्फबाट साझा रूपमा बोल्दै खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले जिल्लाका सबै स्थानीय तहहरू सञ्चार नीति बनाउन प्रतिबद्ध रहेको बताएका हुन् ।
कार्यक्रमका सहभागी जनप्रतिनिधिहरूले लोकतन्त्र स्थापनाका लागि समेत पत्रकारले खेलेको भूमिका प्रभावकारी भएको भन्दै पत्रकारिता क्षेत्रको विकासमा कुनै कसर बाँकी नरहने विश्वास व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सबै स्थानीय सरकारले स्थानीय सञ्च...