अन्तर्राष्ट्रिय Archives - साझाकुरा

अन्तर्राष्ट्रिय

नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा  ७७ जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय, समाचार

नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको ज्यान गयो

माघ ६ नाइजेरियामा इन्धन बोकेको ट्याङ्कर दुर्घटनापछि विस्फोट हुँदा कम्तिमा ७७ जनाको ज्यान गएको छ । उद्धारकर्तासहित २५ जना घाइते भएका छन् । उत्तर मध्य नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी) का प्रमुख कुमार सुक्वामका अनुसार ६० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर सुलेजा क्षेत्रमा दुर्घटना भएको हो । ट्याङ्कर दुर्घटनापछि घटनास्थलबाट तेल सङ्कलन गर्न पुगेका ७७ जनाले ज्यान गुमाएका सुरक्षाकर्मी र उद्धारकर्तालाई उद्धृत गरी बीबीसीले जनाएको छ । मानिसहरूले तेल निकाल्न थालेको केहीबेरमै विस्फोटको घटना भएको थियो । हिजो भएको घटनामा घाइते भएकाहरुको नजिकैका अस्पतालमा उपचार भइरहेको छ । ...
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी
अन्तर्राष्ट्रिय, समाचार

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी

पाैष १६ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सियोल पश्चिम जिल्ला अदालतले आज राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलो घटना हो । संयुक्त जाँच मुख्यालयले आज विज्ञप्ति निकालेर निलम्बित राष्ट्रपति योलमाथि अनुसन्धानका लागि आज बिहान पक्राउ पुर्जी र खानतलासीको पुर्जी जारी भएको जानकारी दिएको छ । राष्ट्रपति योल यही डिसेम्बर ३ मा सैनिक शासन लागू गर्ने निर्णय गरेपछि विवादमा परेका थिए । विपक्षी दलसमेतको विरोधपछि उनले केही समयमै निर्णय फिर्ता लिएका थिए । यही प्रकरणमा संसद्ले महाभियोग प्रस्ताव पारित गरेपछि उनी पदबाट निलम्बित भएका थिए । यो विषय संवैधानिक अदालतमा विचाराधीन छ । दक्षिण कोरियाको कानूनअनुसार महाभियोग लागेपछि पदम...
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन
अन्तर्राष्ट्रिय, समाचार

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

पाैष ११ भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको गएराति ९२ वर्षको उमेरमा निधन भएको छ । घरमा अचानक बेहोस भएपछि उहाँलाई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो । उपचारको क्रममा उहाँको निधन भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार सिंहलाई उमेरसँग सम्बन्धित समस्याहरू देखिएपछि लामो समयदेखि घरमै उपचार भइरहेको थियो । सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गर्नुभएको थियो । सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उहाँले पहिलो पटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिनुभएको थियो । यस्तै उहाँले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हाल्नुभएको थियो । उहाँले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिनुभएको थि...
पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा परि ४६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा परि ४६ जनाको मृत्यु

पुष ११, पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा ४६ जनाको मृत्यु भएको छ । पूर्वी अफगानिस्तानको पक्टिका प्रान्तमा पाकिस्तानी सैन्य विमानले गरेको बमबारीमा कम्तीमा ४६ जनाको ज्यान गएको र अरू धेरै जना घाइते भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ज्यान गुमाउनेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन् । गत मंगलबार देखि अफगानिस्थानमा पाकिस्तानले गरेको बम वर्षक विमान मार्फतको आक्रमण मा उनिहरुको ज्यान गएको बताईएको छ । पाकिस्तानी बम बर्षक बिमानले अफगानिस्तानका चार स्थानमा ब्यापक आक्रमण गरेको जनाईएको छ । पाकिस्तानी तालिबान (टीटीपी) लडाकू समूहको शिविरमा हवाई आक्रमण गरेको पाकिस्तानले पुष्टि गरेको छ । उता अफगानिस्तानको तालिबान सरकारले यसको बदला लिने चेतावनी दिएको छ । यो क्रूर अमानवीय कार्यको कडा भत्र्सना गर्दछौं । अफगानिस्तानको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खुराजमील...
काजाकस्तानमा विमान दुर्घटना : २९ जनाको जीवितै उद्धार
अन्तर्राष्ट्रिय, समाचार

काजाकस्तानमा विमान दुर्घटना : २९ जनाको जीवितै उद्धार

पाैष १० अजरबैजान एअरलाइन्सको यात्रुवाहक विमान काजाकस्तानमा दुर्घटना हुँदा ३० बढिकाे ज्यान गएकाे छ भने २९ जनाकाे जिवितै उद्धार गरिएकाे छ । विमानबाट उद्धार गरेका २९ जनाकाे त्यहाँकाे विभिन्न अस्पतालहरुमा उपचार भैरहेकाे बीबीसीले जनाएको छ । ६७ जना मानिस बोकेको जहाज काजाकस्तानको अक्ताउ क्षेत्र नजिकै दुर्घटनामा परेको बताईएकाे छ । । विमानबाट चार जनाको शव निकालेको र कम्तीमा ३० जनाको ज्यान गएको हुन सक्ने स्थानीय अधिकारीहरूलाई उद्धृत अन्तर्राष्ट्रिय समाचार संस्था एफीले जनाएको छ ।...
नाइजेरियाको भागदौडमा ३५ बालबालिका मारिए
अन्तर्राष्ट्रिय, समाचार

नाइजेरियाको भागदौडमा ३५ बालबालिका मारिए

पाैष ५ एजेन्सी । नाइजेरियाको दक्षिण–पश्चिमी शहर इबादानमा क्रिसमस पर्वको अवसरमा आयोजित रमाइलो मेलामा भागदौड मच्चिँदा ३५ बालबालिकाको मृत्यु भएको छ । घटनामा ६ जना गम्भीर घाइते भएका छन् । रमाइलो मेलाका आयोजकहरूले सित्तैमा खाना र पैसा दिने बताएपछि हजारौं बालबालिका मेला हेर्न पुगेका थिए । कार्यक्रम स्थलमा करिब ५ हजार बालबालिका जम्मा भएको र मुख्य आयोजक कार्यक्रम शुरु गर्न पुग्दा भागदौड मच्चिएको स्थानीयले बताएका छन् ।प्रहरीले मुख्य आयोजक नाओमी सिलेकुनोला, शहरका चर्चित व्यक्तित्व सहित कार्यक्रममा संलग्न आठ जनालाई पक्राउ गरेको जनाएको छ । राष्ट्रपति बोला टिनुबुले आफ्ना सन्तान गुमाएका आमाबुवाप्रति समवेदना प्रकट गर्दै विस्तृत अनुसन्धानको आदेश दिनुभएको छ ।...
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
अन्तर्राष्ट्रिय, अर्थ/व्यापार, समाचार

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

मंसिर २० प्रधानमन्त्री केपी शर्मा ओली आज चिनको चार दिने भ्रमण सकेर आज स्वदेश फर्कँदै छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चिन भ्रमणमा गएका ओली आज दिउँसो काठमाण्डौ आइपुग्ने बताईएको छ । चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको थियो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गरिएको भ्रमण टोलिले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारीमा हस्ताक्षर गरिएको छ । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको नेपालको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । टोखा–छहरे सुरुङमार्ग निर्माण, नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भ...
कङ्गोमा पत्ता नलागेको रोगबाट अहिलेसम्म ७९ जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

कङ्गोमा पत्ता नलागेको रोगबाट अहिलेसम्म ७९ जनाको ज्यान गयो

मंसिर २० तसवीर एजेन्सी लोकतान्त्रिक गणतन्त्र कङ्गोको दक्षिण पश्चिम क्षेत्रमा नयाँ रोगको प्रकोपबाट ७९ जनाको ज्यान गएको छ भने सैयौंको संख्यामा बिरामी परेका छन् । मौसमी फ्लूको लक्षणहरू देखिने नयाँ रोगका कारण १५ देखि १८ वर्ष उमेरका ब्यक्तिहरुमा यस्तो प्रकोप देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ । बिरामीहरुमा ज्वरो आउने, टाउको दुख्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, श्वास फेर्न असहज हुने रक्त अल्पताको समस्या देखिने जस्ता लक्षण देखिने गरेको बताईएको छ । अहिले सम्म तीन सय जना भन्दा बढी मानिस यो संक्रमणबाट पिडित रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । क्वांगो प्रान्तको प्रभावित क्षेत्र पान्जीमा उपचार तथा अनुसन्धानका लागि चिकित्सक तथा विशेषज्ञको टोली खटाईएको त्यहाँको मन्त्रालयको जानकारी दिएको छ । सङ्क्रमितको सङ्ख्या बढेर महामारीको रुप लिँदै ग...
दक्षिण कोरियामा राष्ट्रपतिले घोषणा गरेको सैन्य कानून हट्यो
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा राष्ट्रपतिले घोषणा गरेको सैन्य कानून हट्यो

मंशिर १९ दक्षिण कोरियाली संसदमा चर्को आलोचना भएपछि  राष्ट्रपति यून सुक येओलले मार्सल ‘ल’ अर्थात सैन्य कानूनको घोषणा फिर्ता लिनुभएको छ । सांसदहरुले सदनमा शैन्य कानून लागू गर्ने घोषणाविरुद्ध कडा प्रतिवाद गरेपछि राष्ट्रपति यून आफ्नो निर्णयबाट केही घण्टामै पछि हट्नु परेको हो । सिओलको नेशनल ऐसम्ब्ली अर्थात राष्ट्रिय सभामा उपस्थित १९० जना सांसदहरुले सर्वसम्मत रुपमा राष्ट्रपतिको यो कदमलाई खारेज गरिदिएका बीबीसीले जनाएको छ । राष्ट्रपतिको कदमलाई लिएर संसद बाहिरसमेत प्रदर्शन भएको छ । उत्तर कोरियाको कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न भन्दै राष्ट्रपति यूनले देश विरोधी तत्वलाई सखाप पार्न सैनिक शासन घोेषणा आवश्यक परेको दाबी गर्नुभएको थियो । राष्ट्रपति यू आदेशबाट पछि हटेलगत्तै नेशनल ऐसेम्लीमा खटाइएका सैनिकलाई समेत फिर्ता बोलाइएको छ । कुनै देश आपतकालीन अवस्थामा पुग्दा सैनिक शासन लगाउने गरिन्छ ...
इमरान खानका समर्थकविरुद्ध रातभर प्रहरी धरपकड पीटीआईद्वारा प्रदर्शन स्थगन गरेको घोषणा
अन्तर्राष्ट्रिय, राजनीति, समाचार

इमरान खानका समर्थकविरुद्ध रातभर प्रहरी धरपकड पीटीआईद्वारा प्रदर्शन स्थगन गरेको घोषणा

मंसिर १२ पाकिस्तानको राजधानी इस्लामावादमा पुर्व प्रधानमन्त्री ईमरान खानका पक्षमा आन्दोलन गरिरहेका आन्दोलनकारीहरुलाई ब्यापक धरपकड र दमन गरेको छ । मंगलबार इस्लामाबादको डी चोकमा जम्मा भएका पीटीआई समर्थकहरू विरुद्ध पुलिस र सुरक्षा बलहरूले व्यापक धरपकड र दमन गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । हिजो त्यहाँको प्रशासनले इमरान खानको पार्टीसँग सम्बद्ध करिब पाँच सय बढि प्रदर्शनकारीलाई पक्राउ गरि कार्वाहि अगाडि बढाएको छ । केहि दिन अघि आन्दोलनको तैयारीमा खटिएकी इमरान खानकी श्रीमती बुशरा बीबीलाई पाकिस्तान सरकारले बेपत्ता बनाएको आन्दोलनकारिहरुको भनाई छ । तर उक्त आरोपको खण्डन गर्दै अन्तराष्ट्रिय संचारमाध्यमले ईमरानकी श्रीमति बुशरा बीबी खैबर पख्तुनख्वा प्रान्तमा शुरक्षित रहेको खुलासा गरेका छन् । बीबीसीका अनुसार पाकिस्तान तहरीक(ए(इन्साफ mपीटीआईः पेशावरका अध्यक्ष अरबाब नसीमका अनुसार श्रीमति ...