पालिका अध्यक्ष यादव पक्राउपछि डोम परिवार विस्थापित
९ चैत, जनकपुरधाम
विष्णु महायज्ञ संचालनका लागि गत फागुन १० गते औरही गाउँपालिका ५ स्थित रहेको दीपक मरिकको घरमा डोगर प्रयोग गरि भत्काएको आरोपमा पालिका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि पिडित दीपक मरिक डोमको परिवार गाउँबाटै विस्थापित भएका छन् । गाउँपालिका अध्यक्षका आफन्त र समर्थकको धम्कि थेग्न नसकेपछि गए रातिदेखि नै दीपक मरिक र उनको परिवार बिस्थापित भएको जनाईएको छ । दलित माथी अन्याय गरेको घटना सार्वजनिक भएपछि त्यसमा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का वडाध्यक्ष दिलीप यादवलाई प्रहरीले साँझ पक्राउ गरेको हो ।
त्यसपछि गाउँपालिका अध्यक्षको आफन्त र समर्थकले धम्कि दिएको भन्दै दीपक र अनिता आफ्ना लालाबाला च्यापेर राति नै वडा नम्बर ४ कोमलपुरमा रहेको दलित आयोगका पूर्वसदस्य कवुली पासवानको घरमा आश्रय लिन पुगेको बताईएको छ ।
...