अर्थ/व्यापार Archives - साझाकुरा
बिहिबार, कार्तिक २८, २०८२

अर्थ/व्यापार

पेशागत संकटमा कुमाल समुदाय (भिडियो सहित)
अर्थ/व्यापार, भिडीयाे, समाचार

पेशागत संकटमा कुमाल समुदाय (भिडियो सहित)

संखुवासभाको तुम्लिङ्गटारमा कुमाल जातिको उल्लेख्य बसोबास रहेको छ । माटोको भाँडो बनाएर सदियौं देखि आफ्नो जिबिकोपार्जन गर्दैआएका कुमालसमुदायको यो पेशा अहिलेको आधुनीक सामग्रीको प्रयोगका कारण संकटमा पर्दैआएको वडा सदस्य टिकाराम कुमाल बताउँछन् । माटोबाट बिभिन्न घरायसी प्रयोगमा आउने सामग्रीहरु हाँडि, घ्याम्पे, ठेकी, खुत्रुके, फुलदानी, गमला, दीयो लगायत बिभिन्न सरसजावटका सामग्रीहरु उत्पादन गर्दैआएका थिए । अहिले बजारमा सहज र सस्तो मुल्यमा पाईने प्लाष्टिका घरायसी सामग्रीहरुले उनिहरुले परम्परागत रुपमा तैयार गर्दैआएका सामग्रीहरुलाई बिस्थापित गर्न थालेपछि अहिले उनिहरुको पेशा संकट पर्दैगएको घरेलु तथा साना उद्योग बिकास समिति संखुवासभाका प्रमुख प्रेमचन्द्र राई वताउँछन् । माटोको भाँडोहरु तैयार गरेर जिवीकोपार्जन गरिरहेका तिनै कुमाल समुदायको पेशालाई संकटबाट मुक्त गर्न अहिले घरेलु तथा साना उद्योग कार्यालयले...
बजार अनुगमन
अर्थ/व्यापार, समाचार, स्वास्थ्य

बजार अनुगमन

घरेलु तथा साना उद्योग बिकास समिति संखुवासभाले सभापोखरी गाउँपालिकाको बाह्रबिसे बजारको अनुगमन गरेको छ । संखुवासभा उद्योग बाणिज्य संघ, पशुसेवा बिज्ञ केन्द्र खाँदबारी, करदाता सेवा कार्यालय खाँदबारी, नेपाल पत्रकार महासंघ र प्रहरी चौकी बाह्रबिसका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको उक्त अनुगमन टोलिले पसलहरुमा राखिएका खाद्य तथा पेय पदार्थको परिक्षण गर्नूका साथै करदाता सेवा कार्यालय र संखुवासभा उद्योग बाणिज्य संघबाट ब्यवसायीका हितका लागि भैरहेका सेवाप्रवाहका बारेमा समेत जानकारी गराएको थियो । अनुगमन टोलिले डेट स्पायर भैसकेका करिव दश हजार बराबरका केहि पेय पदार्थहरु जफत गरि नष्ट समेत गरेको थियो । अनुगमन कार्यलाई निरन्तरता दिन आगामी दिनमा समेत बिषेस योजनाका साथ अघि बढ्ने कार्यक्रम रहेको घरेलु तथा साना उद्योग बिकास समिति संखुवासभाका प्रमुख प्रेमचन्द्र राईले जानकारी दिए । अखाद्य पदार्थकाे बिक...
रैथाने उत्पादनलाई प्रोत्साहन गर्न कोशेली घर स्थापना
अर्थ/व्यापार, समाचार

रैथाने उत्पादनलाई प्रोत्साहन गर्न कोशेली घर स्थापना

संखुवासभा जेष्ठ २९ संखुवासभाको खाँदबारीमा कोशेली घर स्थापना गरिएको छ । प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजनाको ७५ प्रतिशत अनुदान र संखुवासभा उद्योग बाणिज्य संघको २५ प्रतिशत लगानीमा प्याकेजिङ प्रशोधन मेशिन सहित करिव नौं लाखको लागतमा कोशेलीघर स्थापना गरिएको संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेतले जानकारी दिए । जिल्लाको रैथाने उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म बजारीकरण गर्ने उदेश्यले कोशेली घर संचालन गरिएको संघका अध्यक्ष बस्नेतले बताए । बिहिबार एक कार्यक्रमका बिच प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख सुमन शाक्यले कोशेली घरको उद्घाटन गरेका हुन् । कोशेली घरमा संखुवासभामा उत्पादित अल्लोबाट बनेका कपडा,जुत्ता चप्पल, झोला, सल सख्खर, अलैंचिका परिकार, बिश्वमै दुर्लभ संखुवासभामा मात्रै उत्पादन हुने ताक्मरु चामल, रुद्राक्षबाट बनेका हस्तकलाका सामग्री,संखुवासभामा पाईने जडिब...
सिङ्गापुरले भ्रष्टाचार भएको पैसा पठाइदिन्छु भने पनि सरकारले सहयाेग गरेन : अख्तियार प्रमुख राई
अर्थ/व्यापार, राजनीति, समाचार

सिङ्गापुरले भ्रष्टाचार भएको पैसा पठाइदिन्छु भने पनि सरकारले सहयाेग गरेन : अख्तियार प्रमुख राई

बैसाख २४ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको बताउनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजकाे बैठकमा प्रमुख आयुक्त राईले भ्रष्टाचारबाट आर्जन गरेर सिङ्गापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पत्ति नेपाल फर्काउन दोस्रो पक्ष सहमत भए पनि सरकारले नचाहेकाे बताउनुभएकाे हाे । उहाँले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा राखिएको सम्पत्ति फिर्ता गर्न सांसदहरूलाई आग्रहसमेत गर्नुभयो । यस सम्बन्धमा काम गर्न सरकारले कार्यदल गठन गरे पनि द्रुत गतिमा काम नगरेको उहाँको गुनासो छ । प्रमुख आयुक्त राईले अख्तियार अनुसन्धानमा राजनीतिक दबाव र प्रभाव नरहेको दाबी गर्नुभयो । उहाँले आफूले कार्यकाल सम्हालेपछि कुनै पनि शीर्ष नेतृत्वबाट मुद्दा चलाउनू/नचलाउनू भनी दबाव नआ...
विवरण नबुझाउने २३ वटा सहकारीलाई खारेजीको चेतावनी  चैत्र ९
अर्थ/व्यापार, समाचार

विवरण नबुझाउने २३ वटा सहकारीलाई खारेजीको चेतावनी चैत्र ९

चैत्र ९ धनकुटा नगरपालिकाले समयमा लेखापरीक्षण र साधारणसभाको विवरण नबुझाउने २३ वटा सहकारीलाई खारेजी गर्ने चेतावनी दिएको छ । नगरपालिकाले मातहतका सहकारीलाई पटक पटक थप गरिएको म्यादमा बिवरण नबुझाएको भन्दै अन्तिम पटकका लागि चेतावनीसहित १५ दिने म्याद थप गरेको हो । उक्त अवधिभित्र पनि बिवरण नबुझाए संस्था खारेजीको प्रक्रिया अघि बढाईने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले जानकारी दिए । धनकुटा नगरपालिकाको सहकारी ऐन २०७५ को दफा २८ को उपदफा २ मा आर्थिक बर्षको पौष ६ महिनाभित्र साधारणसभा सम्पन्न गर्नूपर्ने उल्लेख छ । यसैगरी, ऐनको दफा ५२ को उपदफा १ मा आर्थिक वर्ष सकिएको ३ महिनाभित्र लेखापरीक्षण तथा वार्षिक प्रतिवेदनलगायतका कागजपत्र पेश गर्नुपर्ने ब्यवस्था भएपनि निर्धारित अवधिमा विवरण नबुझाएको भन्दै २३ वटा सहकारीलाई १५ दिनभित्र विवरण नबुझाए खारेजीको अन्तिम चेतावनी दिइएको प्रमुख प्रशासकिय अधिकृ...
हिमाल आरोहणको ७० बर्ष मनाउँदै मकालु गाउँपालिका
अर्थ/व्यापार, समाचार

हिमाल आरोहणको ७० बर्ष मनाउँदै मकालु गाउँपालिका

संखुवासभा फागुन १५ मकालु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा मकालु गाउँपालिकाको आयोजनामा बुधबारबाट मकालु महोत्सव तथा दक्षिण एसियाली साहित्यिक साँस्कृतिक सम्मेलन मकालुको नुम बजारमा शुरु भएको छ । फागुन १४ देखि १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा दक्षिण एसियाका विभिन्न मुलुकबाट साहित्यकार र कलाकारहरुको उपस्थिति रहेको आयोजक मकालु गाउँपालिकाका अध्यक्ष वाङ्दी शेर्पाले बताए । उनले मकालु गाउँपालिका भित्रका साँस्कृतिक र धार्मिक तथा पर्यटकिय क्षेत्रको बारेमा साहित्य र संस्कृति मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्र सम्म प्रचारप्रसार गर्ने उदेश्यले महोत्सव तथा दक्षिण एसियाली साहित्यिक सम्मलन आयोजना गरिएको जानकारी दिए । मकालु गाउँपालिका वडा नं २ का वडाध्यक्ष छोपाल शेर्पाले मकालु महोत्सवले यस क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरे । त्यसैगरि दक्षिण एसियाली ...
साँसदहरुद्वारा खाँदबारी– किमाथांका सडक अनुगमन
अर्थ/व्यापार, समाचार

साँसदहरुद्वारा खाँदबारी– किमाथांका सडक अनुगमन

संखुवासभा फागुन ८ तसबीरः नवीन गुरुङ्ग राष्ट्रिय सभाका साँसदहरु यतिवेला काशी कोरिडोरको सडक अनुगमनका लागि संखुवासभामा आईपुगेका छन् । उनिहरुले संखुवासभा भ्रमणका क्रममा भोटखोला ४ स्थीत बरुण बजार सम्मको सडक अनुगमन गर्ने उत्तर दक्षिण कोशी सडकका कार्यालय प्रमुख राम बहादुर गुरुङ्गले जानकारी दिए । १६२ किलोमिटर लम्बाई रहेको खाँदबारी किमाथांंका सडकको अनुगमनका क्रममा काठमाण्डौबाट हवाई उडानमार्फत तुम्लिंङ्टार बिमानस्थल ओर्लिएको अनुगमन टोलिमा राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनामा ग्याल्जेन शेर्पा, सदस्यहरु किरणबाबु श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, दुर्गाकुमारी गुरुङ, मनरुपा शर्मा र राजेन्द्रलक्ष्मी गैरेसहित समितिका कर्मचारी उपसचिव सरस्वती मरहठ्ठा र शाखा अधिकृत नारायणबहादुर कार्की रहेको उत्तर दक्षिण कोशी सडक कार्यालय ...
तुम्लिंङ्टारमा २१ दिन पछि बिमान अवतरण
अर्थ/व्यापार, समाचार

तुम्लिंङ्टारमा २१ दिन पछि बिमान अवतरण

तसवीरः मेघराज तामाङ्ग संखुवासभा फागुन ७ खराव मौसमका कारण २१ दिन देखि उडान अवरुद्ध भएको तुम्लिङ्टार बिमानस्थलमा बुधबार हवाई उडान भएपछि यात्रुहरु लाभान्वित भएका छन् । मौसममा सुधार नआएपनि तुवाँलो केहि हटेकाले हवाई उडान सुचारु भएको हो । संखुवासभा जिल्लाकै एकमात्र बिमानस्थल तुम्लि«्टारमा तीन हप्ता बढि उडान नहुँदा बिरामी, ब्यवसायी र अन्य यात्रुहरु मारमा पर्दैआएका थिए । बुधबार मौसममा खासै सुधार नआएपनि बुद्ध एयरको ७२ सिटे जहाजले उडान भरेपछि यात्रुहरु लाभान्वीत भएका हुन् । गत माघ १४ गते देखि खराब मौसमका कारण बिमान उडान नहुँदा स्थानीय ब्यवसायीहरु समेत निराश बन्दै आएका थिए । लामो समय उडान अवरुद्ध हुँदा काउण्टर संचालन हुन सकिरहेको थिएन अव मौसमका क्रमिक सुधार भैदिए निरन्तर उडान सेवा दिन सकिने भएपनि मौसममा खासै सुधार नदेखिँदा अझै उडान अवरुद्ध हुने संभावना रहेको नागरिक उड्यान कार्यालयका प्रमुख...
अरुण तेश्रो परियोजनाका पिडितलाई छुट मुआब्जा बितरण शुरु
अर्थ/व्यापार, समाचार

अरुण तेश्रो परियोजनाका पिडितलाई छुट मुआब्जा बितरण शुरु

संखुवासभा माघ ३० सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पिडितलाई १६ वर्षपछि मुआब्जा बितरण शुरु गरिएको छ । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग छ्याङ्कुटी–दिदिङ सडक खण्डको जग्गाको मुआब्जा वितरण गर्ने कार्य शुरु भएको जिल्ला प्शासन कार्यालय संखुवासभाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार सर्वोच्च अदालतकोे आदेश अनुसार छ्याङकुटी–दिदिङ सडक खण्डको २४ दशमलव ५ किलोमिटर०अन्तर्गत चार सय ५४ रोपनी जग्गाको छुट मुआब्जा वितरण शुरु गरिएको हो । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जावापतको रकम अहिलेसम्म चार करोड ८८ लाख रुपैयाँ पीडितको खातामा भुक्तानी भइसकेको र बाँकिलाई पनि मुआब्जार बितरणको काम भैरहेको प्रजिअ खड्काले बताउनुभयो । वहाँले लामो समय देखि रोकिएको छुट मुआब्जा प्राप्त ग...