चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता : ८ टिम फाइनलमा
चैत्र ३
सङ्खुवासभाको मादी नगरपालिकामा चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा ८ टिम फाइनल प्रवेश गरेका छन् । मादी नगपालिकाको आयोजनामा बिहीबार बाट सुरु भएको राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको तेस्रो दिन सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् ।आज तेस्रो दिन ओखरबोटे बजारको कभर्डहलमा भएको चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल खेलबाट ८ टिम फाइनल प्रवेश गरेका छन् ।
पुरुष डबल भेट्रान्स तर्फ पोखराका विशाल खड्का, मोरङका उत्तम सिम्खडा र सङ्खुवासभाका अमर विष्ट र राजु श्रेष्ठ फाइनल प्रवेश गरेका छन् । खुल्ला पुरुष डबल तर्फ उदयपुरका विनय चौधरी,मोरङका लाक्पा शेर्पा र सङ्खुवासभाका सुनिलजंग कार्की भोजपुरका विशाल तामाङ फाइनल प्रवेश गरेका छन् । पुरुष डबस बि डिभिजन तर्फ सङ्खुवासभाका दिनेश राई, दिवन तामाङ र सङ्खुवासभाका संदिपभगत र गंगालाल श्रेष्ठ फाइनल प्रवेश गरेका छन्...